arrow

  साठी जनाविरुद्ध बैंकिङ कसुर र ठगी मुद्दा

logo
प्रकाशित २०७६ असार ८ आइतबार
arrested.jpeg

काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा रु २१ करोड ४९ लाख ३४ हजार १०० बराबरको मुद्दा दायर गरेको छ ।

महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा उक्त रकम बराबरको मुद्दा दायर गरेको हो । जसमा ६० विरुद्ध मुद्दा दायर भएको छ ।     

महाशाखाका अनुसार साउनमा चार, भदौमा सात, असोजमा सात, कात्तिकमा चार, मङ्सिरमा चार, पुसमा दुई, माघमा दश, फागुनमा तीन, चैतमा सात, वैशाखमा तीन र जेठमा नौविरुद्ध मुद्दा दायर गरेको हो ।    
 
 महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बैंकिङ क्षेत्रमा रकम लिएर भाग्ने तथा विभिन्न व्यक्तिलाई ठगी गर्नेविरुद्ध महाशाखाले मुद्दा दायर गरेको जानकारी दिए । महाशाखाले बैंकिङ कसुर र ठगीमा विशेष खालका मुद्दा हेर्दै आएको छ ।     

 यसैगरी, महाशाखाले चालू आर्थिक वर्षमा रु १७ करोड ६० लाख ६१ हजार ७५ बराबरको मिलापत्र गराएको छ ।

बैंकिङ कसुरमा फरार तथा ठगी गरेर फरार व्यक्तिलाई पक्राउ गरी उक्त रकम बराबरको मिलापत्र गराएको हो । जसमा १११ रहेका छन् ।

साउनमा छ, भदौमा १३, असोजमा १८, कात्तिकमा आठ, मङ्सिरमा नौ, पुसमा ११, माघमा १६, फागुनमा दुई, चैतमा आठ, वैशाखमा आठ र जेठमा १२ ले मिलापत्र गरेका छन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ