arrow

अमेरिका र इरानबीचको तिक्ततापछि इराक र फ्रान्सबीच कुराकानी

logo
प्रकाशित २०७६ असार ८ आइतबार
Iran-america-deal.jpg

बग्दाद ।इराकका विदेशमन्त्री मोहम्मद अल हकिम र फ्रान्सका समकक्षी जेन यभेस लि ड्रियनबीच टेलिफोन कुराकानी भएको छ ।  

अमेरिका र इरानबीचको बढ्दो तिक्ततासहित क्षेत्रीय तनाव र दुई पक्षीय हितका अन्य विषयका बारेमा कुराकानी भएको अधिकारीहरुले जनाएका छन् ।

इराकको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उहाँहरुबीच शनिबार कुराकानी भएको उल्लेख छ ।

फ्रान्सका विदेश मन्त्री ड्रियनले हकिमलाई फोन गरेका हुन् । उनिहरुले आपसी सम्बन्ध बाहेक पछिल्लो विविध अवस्थाका बारेमा छलफल गरेको वक्तव्यमा उल्लेख छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ