arrow

पाकिस्तानको सेमिफाइनल सम्भावना कायमै, दक्षिण अफ्रिका औपचारिक रुपले बाहिरियो 

logo
प्रकाशित २०७६ असार ९ सोमबार
pakistan10.jpg

काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेटका लागि सधैको अभागी टिम दक्षिण अफ्रिका इंगल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटको लिग चरणबाटै बाहिरिएको छ । 

लर्ड्समा आइतबार राति सम्पन्न भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित भएपछि दक्षिण अफ्रिका औपचारिक रुपले नै लिग चरणबाटै बाहिरिएको हो ।

औपचारिक रुपले अंकविहीन अफगानिस्तान बाहिरिइसकेको अवस्थामा दक्षिण अफ्रिका  बाहिरिने दोस्रो टिम बनेको छ । 

लर्ड्स क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३०९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेटको नोक्सानीमा २५९ रन मात्र बनाउन सक्यो ।


 
कप्तान फाप डु प्लेसिसले ६३, क्विन्टन डी ककले ४७ र लक्की फेलुकवायोले नटआउट ४६ रन बनाए । 


 
पाकिस्तानका शादब खान र वाहब रियाजले ३–३ विकेट लिए । यस्तै मोहमद आमिरले २ विकेट लिए ।


 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको नोक्सानीमा ३०८ रन बनाएको थियो ।
 
हरिश सोहिलले ५९ बलमा ३ छक्का र ९ चौकाको मद्दतले सर्वाधिक ८९ रन बनाए । बाबर आजमले ६९ तथा फकर जमान र इमाम उल हकले समान ४४ रन बनाए । 
दक्षिण अफ्रिकाका लुंगी एनगीडीले ३ विकेट तथा इमरान ताहिरले २ विकेट लिए ।

अंक समीकरण
 

दक्षिण अफ्रिकालाई हराएसंगै पाकिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । पाकिस्तानले ६ खेलबाट ५ अंक जोडेको छ । पाकिस्तानभन्दा अगाडि न्यूजिल्याण्ड, अष्ट्रेलिया, भाारत, इंगल्याण्ड, श्रीलंका र बंगलादेश रहेका छन् । 
 
वेष्ट इन्डिज र दक्षिण अफ्रिकाको समान ३–३ अंक छ । वेष्ट इन्डिजको ६ खेलबाट ३ तथा दक्षिण अफ्रिकाको ७ खेलबाट ३ अंक भएको हो । पुछारको अफगानिस्तान अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ