arrow

प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौं नागरिकद्धारा सडकमा प्रदर्शन

logo
प्रकाशित २०७६ असार ९ सोमबार
check.jpg

काठमाडौं । चेक गणतन्त्रमा प्रधानमन्त्री आन्डे«ज बाबिसको राजीनामा माग गर्दै हजारौं नागरिकले सडकमा उत्रेर विशाल प्रदर्शन गरेका छन् । 

प्रधानमन्त्री बाबिस आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रलाई घात गरेको आरोप लगाउँदै  ‘मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ ले उनको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको हो ।

आयोजकको दावी अनुसार राजधानी प्रागमा भएको प्रदर्शनमा २ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् ।

 

यो सहभागीता सन् १९८९ पछिकै सबैभन्दा ठूलो भएको दावी समेत गरिएको छ । 

उनीहरुले राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

प्रदर्शनकारीहरुले बाबिसले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन् ।

गत जुन ५ तारिखमा पनि एक लाख २० हजारले र्याली प्रदर्शनमा आफ्नो सहभागीता जनाएका थिए । 

प्रधानमन्त्रीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

Andrej Babis



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ