- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली । भारतीय रिजर्भ बैंकका डेप्युटी गभर्नर विरल आचार्यले कार्यकाल सकिनु पूर्व नै पदबाट राजीनामा दिएका छन् । डेप्युटी गभर्नर आचार्य ९० को दशकमा आर्थिक उदारीकरण पछि केन्द्रीय बैंकको सबैभन्दा कम उमेरमा डेपुटी गभर्नर भएका थिए। उनले २३ जनवरी, २०१७ मा आरबीआईसँग जोडिएका थिए । पछिल्लो वर्ष २६ अक्टोबरमा आरबीआईको स्वायत्तताको बारेमा आफ्नो धारणा राखेका थिए । जतिबेला मोदी सरकारले तत्कालीन गभर्नर उर्जित पटेललाई धेरै दबाब दिएको बारे चर्चा चलिरहेको थियो ।
इकोनोमिक टाइम्सको समाचार अनुसार उनले पद छोडेको पुष्टि गरेका छन् । सो पत्रिकाले आचार्य न्यू योर्क यूनिवर्सिटीमा पढाउनको लागि सो पदबाट राजीनामा दिएको उल्लेख गरेको छ । उनको परिवार समेत न्यूयोर्कमा नै रहने गरेका छन् ।
आरबीआईका पूर्व गभर्नर उर्जित पटेलले अचानक पद छोडेपछि आचार्यले केही असहज महसुस गरिरहेका थिए । फाइन्सियल सिस्टम्समा उनको एकेडेमिक दृष्टि अरुको भन्दा भिन्न थियो । उनी उर्जित पटेलको सहयोगी र विश्वास पात्रको रुपमा चिनिन्थे ।
यहि कारणले विरल आचार्यले पछिल्लो दुईपटकको मौद्रिक नीतिको समीक्षाको दौरान आर्थिक विकास र महंगी, दुबै मुद्दामा उनको अलग राय आएको थियो । हालको मौद्रिक नीतिको बैठकमा आरबीआई गभर्नर शक्तिकान्त दास र डेपुटी गभर्नर विरल आचार्यकोबीच वित्तीय घाटा र यसको सही-सही आँकलनको मुद्दामा असहमति देखिएको थियो ।
आरबीआईका वरिष्ठतम डेप्युटी गवर्नर एन. विश्वनाथनको कार्यकालपनि छिट्टै सकिनेवाला छ । विरल आचार्यको अचानक पद छोड्ने कारण विश्वनाथनको कार्यकाल बढाउने सम्भावना समेत देखिएको छ ।