arrow

अखिलेशले मायावतीलाई फोन नगरेपछि टुट्यो एसपी-बिएसपी गठन्धन

logo
प्रकाशित २०७६ असार ९ सोमबार
akhilesh-mayawati.JPG

लखनऊ । बहुजन समाज पार्टी (बिएसपी) की सुप्रीमो मायवातीले ट्वीट गर्दै समाजवादी पार्टीको साथ आफ्नो गठबन्धन आधिकारिक रूपले नै सकिएको उल्लेख गरेकी छिन्। लोकसभा चुनावको लागि गठबन्धन गरेका दुई दलबीचको गठबन्धन आजदेखि नै समाप्त भएको घोषणा बिएसपीले गरेको हो । 

यस भन्दा पहिले आइतबार मायावतीको आवासमा भएको बैठकमा पार्टीका लोकसभा सांसदहरु सहित कैयौं वरिष्ठ नेताहरुले उपस्थिति जनाएका थिए। बैठकमा पनि उनले अखिलेश यादवलाई निशानामा राख्दै गठबन्धन तोड्ने प्रस्ताव गरेकी थिइन् । ''लोकसभा चुनावमा अखिलेश यादवको समाजवादी पार्टीको कारण बिएसपीले पनि हारको सामना गर्नु परेको छ ।'' मायावतीले भनिन् ''लोकसभा परिणाम घोषित भएपछि अखिलेशले मलाई एक पटक फोन समेत गरेनन् । यस्तो अवस्थामा हामी अब गठबन्धनमा रहन सक्दैनौं ।'' 

सोमवार मायावतीले सपासँगको गठबन्धनको सम्झौता तोड्ने घोषणा गर्दै लगातार तीन ट्वीट गरेकी छिन् । आफ्नो पहिलो ट्वीटमा बसपा सुप्रीमोले भनेकी छिन् ''बीएसपीको इण्डिया बैठक हिजो लखनऊमा साढे २ घण्टासम्म चलेको छ । त्यसपछि राज्यवार बैठकको क्रम रातिसम्म चल्यो  जसमा पनि मिडियाहरु थिएनन् । फेरि बीएसपी प्रमुखको बारेमा मिडियामा जुन कुरा आयो यो पूरा रुपले सहि छैन । जबकी बैठकपछि हामीले प्रेस नोट पनि जारी गरेका थियौं । 

अघिल्लो ट्वीटमा मायावतीले भनेकी छिन्, ''त्यसै पनि सबैलाई जगजाहेर कुरा छ सपाको साथमा सबै पुराना कुरा भुलेर सन् २०१२ देखि २०१७ सम्ममा सपाको सरकारले बीएसपी वा दलित विरोधी फैसला, प्रमोशनमा आरक्षण विरूद्धको कार्य एवं बिग्रिएको कानूनी व्यवस्था आदिलाई किनारमा राखेर देश र जनहितमा सपाको साथ गठबन्धन धर्म पूरा रुपमा निभाइयो । ''

सपाको साथ नाता तोड्ने घोषणा गर्दै मायावतीले आफ्नो अन्तिम ट्वीटमा भनेकी छिन्, ''लोकसभा आमचुनाव पछि सपाको व्यवहारले बीएसपी यो सोच्ने बाध्य भएको छ कि के यस्तो गरेर बीजेपीलाई अघि हराउन सम्भव छ ? जो सम्भव छैन । अतः पार्टी त्यो सम्झौता तोड्दै अबको सबै चुनाव एक्लै लड्ने घोषणा गर्दछ ।'' यसरी मायावतीले दिएको जानकारीको भाव र मिडियाहरुसँग उनले दिएको आधारमा हेर्दा अखिलेशले चुनाव सकिएपछि आफूलाई एक पटक फोन समेत नगरेकोमा आपत्ति जनाउँदै यसरी सम्पर्क नै नभएपछि त कसरी गठबन्धन अघि बढ्न सक्छ ? भन्दै गठबन्धन तोड्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ