arrow

बेल्कोटगढीमा अर्चले मन्दिरको पुनर्निर्माण सुरु 

logo
प्रकाशित २०७६ असार ९ सोमबार
archale-mandir-reconstruction.jpg

काठमाडौं । नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका वडा नं १३ पाखुरेमा रहेको श्री अर्चले देवी मन्दिर पुनः निर्माणसहित शिव मन्दिर निर्माणको लागि रकम संकलन भईरहेको छ । वडा कार्यालय नगरपालिकामा पनि योजना पेश गरेको छ ।

मन्दिरको भवन निर्माण कार्यमा २ लाख जति रकम संकलन भइसकेको छ । मन्दिर निर्माणको लागि करिब ३० लाख खर्च लाग्ने निर्माण पक्षले बताएको छ ।  विनासकारी महाभुकम्पबाट पुन: रुपमा भत्किएको र कुनैपनि निकायबाट पहल नभएको हुँदा गाउँलेहरु आफ्नो खर्चमा  जेठ २० गतेदेखि मन्दिरको निर्माणकार्य सुरु गरिएको छ ।

अहिले मन्दिरको पुनः निर्माण तथा शिव मन्दिर निर्माणका लागि विभिन्न निकायबाट पनि सहयोग रकम उठेपछि अहिले भवन निर्माण कार्य जारी छ । जसकोलागि गाउँका सबै जना तथा अर्चलेदेवी युवा क्लब दिन रात नभनी लागिपरेका छन् ।

२०७६ सालको  महाशिवरात्रिको अवसर पारेर उद्घाटन गर्ने लक्ष्य सहित अघि सरेको छ । यसैबीच, मन्दिर निर्माणको सहयोगार्थ वडा प्रमुख पशुपति लोहनीले केही रकम सहयोग गर्ने  प्रतिबद्धता जनाएको निर्माण पक्षले बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ