arrow

ब्रसेल्सका आक्रमणकारी आतङ्ककारीको सूचीमा पहिल्यै सूचीकृत

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
Nidhi-Chapekar.jpg.jpeg
वासिङ्टन । बेल्जियमको राजधानी ब्रसेल्समा हमला गर्नेहरु यसअघि नै अमेरिकाको आतङ्कवादीको सूचीमा सूचीकृत रहेको पाइएको छ । सो जानकारी अमेरिकी टेलिभिजन एनबिसीले बिहीबार सार्वजनिक गरेको हो । अमेरिकी अधिकारीहरुले बिहीबार यो रहस्य सार्वजनिक गरेका हुन् । 
 
यसै हप्ता बेल्जियमको राजधानीमा गरेको हमलामा सम्लग्न उनीहरु अमेरिकी अधिकारीहरुले तयार पार्ने गरेको आतङ्ककारीहरुको सूचीमा रहेको पाइएको समाचारमा जनाइएको छ । उक्त सूचीमा ती दुई भाई इब्राहिम र खालिद एलबाक्राउ पनि रहेको र उनीहरु अमेरिकी सो सूचीमा सम्भावित आतङ्कवादीको खतराको सूचीमा रहेका पाइएको पनि बताइएको छ । 
 
अमेरिकी अधिकारीले निर्माण गर्ने आतङ्कवादीको सूचीमा उनीहरुको नाम रहेको मात्र बताइएको छ तर यस बारेमा विस्तृत विवरण भने केही दिइएको छैन । यस विषयमा लिन खोजिएको प्रतिक्रियाका लागि एएफपीको प्रश्नमा भने अमेरिकी प्रतिआतङ्कवाद केन्द्रले थप बताउन चाहेन । उक्त केन्द्रले आतङ्कवादीहरुको सूचना राख्ने गर्छ र उसले यस विषयमा अमेरिकी गुप्तचर निकायलाई पनि समन्वय गर्ने गर्दछ । 
 
यसअघि पनि बेल्जियमा अधिकारीहरुले नै ती दुई दाजुभाई विभिन्न लुट तथा गोलीकाण्डमा पनि मुछिएका पाइएको बताएका थिए । उनीहरु विभिन्न मुद्दामा पनि दोषी पाइएका व्यक्ति हुन् । ती दुईजना मध्येको एक अल बकाराउले ब्रसेल्सको विमानस्थलमा आफैमाथि बम विस्फोट गराएर आत्मघाती आक्रमण गरेका थिए । 
 
उनलाई सन् २०१५ मा नै टर्कीले आतङ्ककारीको सूचीमा राखेको थियो । सन् २०१५ को जुलाईमा उसलाई टर्कीले नेदरल्याण्डमा फिर्ता पठाएको थियो ।खालिद अल बकराउ अर्का भाई हुन् र उनले ब्रसेल्सकै मेट्रो स्टेशनमा आफैमाथि बम हानेर विस्फोट गराएको बताइएको छ । यी दुवै भाइको बारेमा बेल्जियमले विशेष निगरानी राख्ने गरेको भएपनि सुरक्षा निकायलाई यस पटक उनीहरुले छलेको पाइएको अधिकारीहरुको भनाई छ । 
 
 
बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेशनमा मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था भने निकै कडा पारिएको छ । ब्रसेल्स प्रहरीले आजसम्म कैयौं व्यक्ति पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जनाएको छ । त्यस आक्रमणमा अरु पनि व्यक्तिको सम्लग्नता रहेको बताइएको छ । उनीहरुको खोजी जारी रहेको छ । प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ । 
 
उक्त आक्रमणमा मारिने व्यक्तिको सङ्खया ३५ पुगेको जानकारी राष्ट्रिय प्रहरीले बुधबार बिहान जानकारी दिएका छन् । घाइतेको अवस्था पनि गम्भीर रहेको छ । यस आक्रमणमा परी घाइते हुने व्यक्तिको सङ्ख्या २६० जनाभन्दा बढी रहेको छ । अधिकांश घाइते गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । चिकित्सकहरुले अझैपनि बेहोस अवस्थामा रहेका घाइते दर्जनौँ रहेका छन् । रासस÷एएफपी 
 
बिहीबार छ जना पक्राउ परे 
 
यसैबीच प्राप्त पछिल्लो समाचारमा बिहीबार मात्र ब्रसेल्समा थप छ जना संदिग्धलाई पक्राउ गरिएको छ । ब्रसेल्स प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। तर पक्राउ परेका व्यक्तिको पहिचान भने उसले दिएको छैन । अधिकारीहरुले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा आक्रमणका प्रमुख दोषीको खोजी अभियान जारी नै रहेको बताएका छन् । 
 
प्रहरीले ब्रसेल्स र अरु कैयौं नगरमा पनि व्यापक मात्रामा खोजी अभियान जारी राखेको जनाएको छ । आत्मघाती हमलामा सम्लग्न व्यक्तिको निवासस्थानको खोजी गरी उनीहरुसँग सम्बन्धित सूचना लिने काम प्रहरीले गरेको छ । यस आक्रमणपछि युरोपका विभिन्न देशमा पनि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ