arrow

विङ कमाण्डर अभिनन्दनको जुँगालाई 'राष्ट्रिय जुँगा' घोषित गर्न काँग्रेसको माग

logo
प्रकाशित २०७६ असार ९ सोमबार
abhinandan.jpeg

नयाँ दिल्ली । लोकसभामा आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई कांग्रेस नेता अधीर रञ्जन चौधरीको टिप्पणीले हंगामा भएको छ । यस दौरान सदनमा बीजेपी सांसदहरुले धेरैबेरसम्म हंगामा मच्चाएका छन् । ती कांग्रेस नेताले इन्दिरा गान्धी र पीएम मोदीको तुलनाको सन्दर्भमा भने कहाँको माता गंगा र कहाँको फोहोर नाली । अधीर रञ्जनको यस बयानपछि हंगामा शुरू भएको छ । 

हंगामको बीच अधीर रञ्जन चौधरीले भने, ''हामी पीएमको सम्मान गर्दछौं, तर यस्तो तुलना गर्न र बोल्न बाध्य नपारियोस्'' यस दौरान लोकसभामा आसनमा बसेका राजेन्द्र अग्रवालले भने कि यदि कोही आपत्तिजनक टिप्पणी भयो भने यसलाई हटाइयोस् । 

यसका अलावा अधीर रञ्जन चौधरीले भने 'के तपाईंको सरकारले २ जी र कोइला घोटालामा कसैलाई पक्राउ गर्न सफल भयो ? के तपाईं सोनिया गान्धी र राहुल गान्धीलाई जेल पठाउन सक्नुहुन्छ ? तपाईं उनीहरुलाई चोर भनेर नै सत्तामा आउनुभएको हो । त्यही व्यक्तिहरु संसदमा कुन् स्थानमा छन् ?'

अधीर रञ्जन चौधरीले भने कि मोदी सरकारले केवल पहिलेको सरकारको  योजनाको नाम बदल्ने काम गरेको छ । मोदी सरकार रोजगारको मोर्चामा फेल भएको छ र यसले युवाहरुको नोकरीको लागि केही पनि गर्न सकेको छैन । देशमा पानीको समस्या बढ्दै गएको छ । तीब्र ज्वरोका कारण मर्नेहरुको आँकडा दैनिक बढीरहेको छ । सरकारको मन्त्रीले केही गरिरहेका छैनन् । सबैलाई लागिरहेको छ कि मोदी जी नै अब सबैलाई पार लगाउनेछन् ।' 

उनले विङ्ग कमाण्डर अभिरञ्जनलाई अहिले पुरस्कार दिनुपर्नेमा जोड दिएका छन् । उनको जुँगालाई राष्ट्रिय जुँगा घोषित गर्न पनि उनले माग गरेका छन् । अधीर रञ्जन चौधरीले भने कि मोदी सरकार केवल श्रेय लिने काम गरिरहेको बताए । सदनमा बालाकोट एयर स्ट्राइकको कांग्रेस नेता अधीर रञ्जन चौधरीले तारिफ गरेका छन् । यस भन्दा पहिले उनले आज लोकसभामा राष्ट्रपतिको अभिभाषणबारे धन्यवाद प्रस्तावमा चर्चा भइरहेको थियो । यसको शुरुआत केन्द्रीय मन्त्री प्रताप चन्द्र सारङ्गीले गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ