arrow

प्रम ओलीलाई चीनिँया उच्च अधिकारीले भूकम्पमा गरेको सहयोगको विवरण सुनाए

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
kp-ili.jpg.jpeg
काठमाडौं । मित्रराष्ट्र चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका उपाध्यक्ष झेङ सिआओपिन, महासचिव झाओ जेनयोङ र सियानका उपगभर्नर यु यीन लिङलगायतका नेताले भेटवार्ता गरेका छन् । 
 
सान्सी प्रान्तको सियानस्थित होटल साङ्ग्रिलामा भएको भेटवार्तामा चीनिँया अधिरकारी र ओलीबीच दुई देशको आपसी सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भयो । 
 
सो अवसरमा प्रधानमन्त्रीले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन सियानका नेताहरुलाई निमन्त्रणा गरे । चीनिँया नेताले भूकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराए । 
 
प्रधानमन्त्रीले सियानमा ऐतिहासिक तेरा कोट्टा सैनिक सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । यस्तै, प्रधानमन्त्रीले सियानमा उद्योगी व्यवसायीको फोरमलाई सम्बोधन गर्ने र सियान मेडिकल युनिभर्सिटीको भ्रमण गर्नुहुने कार्यक्रम छ । प्रेस सल्लाहकार दाहालका अनुसार प्रधानमन्त्री साँझ सियानबाट छेन्दु प्रस्थान गर्ने कार्यक्रम छ । 



नयाँ