arrow

बौद्ध मन्दिरमा गरुण जसरी राखियो बेकह्यामको सुनको मूर्ती

logo
प्रकाशित २०७६ असार ९ सोमबार
david.jpg

काठमाडौं । थाइल्याण्डको एक बौद्ध मन्दिरमा फुटबलर डेभिड बेकह्यामको सुनको मूर्ती राखिएको छ । यो मूर्ती २० वर्ष पहिलो निर्माण गरिएको थियो । म्यानचेस्टर इंगलिश क्लबले एक सिजन लगातार तीन ट्रफी जितेको समयमा यो मूर्ती निर्माण गरिएको थियो ।
 
यो मूर्ति सन् १९९९ मा निर्माण गरिएको मन्दिरका उप महाधीस बूनरेउंग पोनियोवारेले बताए । सन् १९९८–९९ म्यानचेस्टरको सबैभन्दा सफल सिजन थियो ।

यो मन्दिरमा पर्यटकहरु यो मूर्ती हेर्नका लागि आउने गरेका छन् । यो मन्दिरमा यो मूर्ती हेर्न ठूलादेखि सानासम्म सबै मानिस आउने गरेका छन् । बेकह्यामको मूर्ती मन्दिरमा यसरी राखिएको छ जसरी हिन्दू पौराणिक पात्र गरुणलाई स्थापित गरिन्छ ।

मन्दिरमा पप संस्कृतिका धेरै क्यारेक्टर चित्रित गरिएको छ । यसमा वूल्वरिन, सुपरम्यान र पिकाचुजस्ता केही नाम हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ