arrow

भारतको लोकसभामा संस्कृत तेस्रो लोकप्रिय भाषा, अँग्रेजीको संख्यामा भारी गिरावट

logo
प्रकाशित २०७६ असार ९ सोमबार
sanskrit_(1).jpg

काठमाडौं । भारतको लोकसभामा संस्कृत तेस्रो लोकप्रिय भाषा बनेको छ । कूल ५४२ लोकसभा सांसदको सपथ ग्रहणको क्रममा सबैभन्दा धेरै सांसदले सपथ खाएको भाषामा संस्कृत तेस्रो स्थानमा परेको छ । इण्डियन एक्सप्रेसको एक रिपोर्ट अनुसार सबैभन्दा लोकप्रिय भाषा हिन्दी, दोस्रोमा अँग्रेजी र तेस्रो लोकप्रिय भाषा संस्कृत बनेको हो । यसरी संस्कृत तेस्रो स्थानमा आउँदा अँग्रेजीमा सपथ खानेको संख्या भने कम भएको छ । 

अघिल्लो लोकसभामा कूल ११४ जनाले अँग्रेजी भाषामा सपथ लिएका थिए । यो लोकसभामा ५४ जनाले अँग्रेजीमा सपथ खाएका छन् । संस्कृतमा भने यस पटक ४४ जनाले सपथ खाएका छन् । तमिल भाषामा सपथ लिनेको संख्या ३९ पुगेको छ । जुन अघिल्लो लोकसभामा जम्मा ९ जना थिए । तेलुगु भाषामा २४ सांसदले सपथ लिएका छन् । जुन अघिल्लो लोकसभामा जम्मा १३ जनाले लिएका थिए । 

यस पटक पनि हिन्दी भाषा सबैभन्दा लोकप्रिय भाषा बनेको छ । यस अघि २०२ जनाले हिन्दी भाषामा सपथ लिएकोमा यो वर्ष २१० जना सांसदहरुले हिन्दी भाषामा सपथ लिएका छन् । ३ जना केन्द्रीय मन्त्री सहित ४४ जनाले संस्कृतमा सपथ लिँदा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह जस्ता ठूला नेताहरुले भने हिन्दीमा सपथ लिए । यो लोकसभामा २ जना सा‌ंसदले नेपाली भाषामा सपथ लिएका छन् ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ