arrow

जर्मनीमा व्यापारिक गतिविधि लगातार ओरालो

व्यवसायिक वातावरणमा सन् २०१४ पछि सबैभन्दा निम्न अवस्थामा

logo
सिन्ह्वा,
प्रकाशित २०७६ असार १० मंगलबार
9-Flag-Germany.png

बर्लिन। जर्मनीमा व्यापारिक गतिविधिले लगातार ओरालो लागेपछि यहाँको व्यवसायिक नेतृत्वको ‘सोच थप चिसिएको’ जर्मनीको इन्टिच्युट फर इकोनोमिक रिसर्च (आइएफओ) ले म्यूनिकमा सोमबार सार्वजनिक गरेको व्यवसायिक अध्ययन प्रतिवेदनले देखाएको छ।

आइएफओका अध्यक्ष  क्लेमेन्स फुएस्टले भने, “जर्मनीको कर्पोरेट सूचकाङ्कले यहाँको अर्थतन्त्र निरन्तर कमजोर बनिरहेको देखाएको छ। गत मे महिनासम्म ९७.९ अङ्क मापन भएको सुचकाङ्क जुनमा थप ०.३ अङ्क घटेर ९७.४ कायम भएको छ।”

जर्मनीका कम्पनीहरू आगामी महिनामा कारोबार सुध्रिनेमा निकै आशावादी देखिएका छैनन्। विश्लेषकहरूले मे महिनामा व्यवसायिक बजारमा थप गिरावट आई ९५.२ कायम हुने र आगामी छ महिनामा यसबाट थप एक अङ्कको गिरावट आउने जनाएका छन्।

तर यसै समयमा जर्मनेली कम्पनीहरूले भने आफ्नो वर्तमान अवस्थालाई सामान्य सुधारको अवस्थामा रहेको देखिएको बताएका छन्। कम्पनीहरूको आन्तरिक मूल्याङ्कनमा व्यवसायिक बजारको सूचकाङ्क १००.८ अङ्क कायम भएको यो अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतले वृद्धि हो।

जर्मनीको औद्योगिक उत्पादन सामग्रीको व्यवसायिक सूचकमा पुनः गिरावट देखिएको छ। यद्यपि यो यस बर्षका लागि प्रक्षेपण गरिएको सूचकाङ्कभन्दा अझै औषत केही माथि नै रहेको छ। एक बर्ष यता उत्पादन क्षेत्रमा गिरावट देखिइरहेको छ।

हल्ले इन्स्टिच्युट फर इकोनोमिक रिसर्च (आइडब्लुएच) का उपप्रमुख अलिभर होल्टेमोलरले भने, “विश्व व्यापार बजारमा देखिएको समस्याले खासगरी जर्मनीको अन्तर्राष्ट्रिय उत्पादन क्षेत्रलाई कठोररूपमा प्रभावित पारेको छ।”

आइएफओ व्यवसायिक सूचकाङ्कका अनुसार व्यवसायिक वातावरणमा पूर्ण २० अङ्कले गिरावट आएको छ यद्यपि केही सुधारका सङ्केतहरूका लागि भने पछिल्लो समयमा आशा गरिएको छ।

जर्मनीको व्यापारिक क्षेत्रको सूचकाङ्क जुनमा ५.४ बाट बढेर ७.९ अङ्क कायम हुन पुगेको छ जसका कारण कम्पनीहरू अहिलेको अवस्थाप्रति धेरै सन्तुष्ट देखिएका छन् र आगामी महिनामा यसमा सुधार हुँदै जानेमा थप भरोसा उनीहरूको छ।
 
निर्माणको क्षेत्रमा व्यवसायिक सूचकाङ्कमा सामान्य अङ्कले कमी आई २४.४ अङ्कबाट २२.३ अङ्क कायम भएको देखिएको छ। यद्यपि यसलाई आइएफओले उच्च दर भनेको छ।

जर्मनीको विनिर्माण क्षेत्रले उनीहरूको अहिलेको अवस्थालाई पहिलेको महिनाको तुलनामा खराब सङ्केत भनेका छन् र उनीहरूले आगामी छ महिनाका लागि सुधारको अपेक्षालाई न्यून गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ