arrow

तेल चोरीमा पक्राउ परेकालाई उम्काउन इन्धन ढुवानी ठप्प

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
tel-chori.jpg.jpeg
विराटनगर । पेट्रोल ढुवानी चालक सङ्घले मजदुरको रिहाइको माग गर्दै चार दिन देखि विराटनगरबाट इन्धनको ढुवानी ठप्प पारेको छ । इन्धनको कालोबजारीको अभियोगमा एक साताअघि विराटनगरबाट पक्राउमा परेका ट्याङ्करका चालक र सहचालकको रिहाइको माग राखी सङ्घले इन्धन ढुवानी ठप्प पारेको हो । 
 
भारतको बरौनीबाट इन्धन बोकेर आएका ट्याङ्करले विराटनगरस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयको डिपोमा इन्धन झार्न र डिपोबाट इन्धन भर्ने काम ठप्प पारेका हुन् । क्षेत्रीय कार्यालयको डिपोबाट सगरमाथा र कोसी अञ्चलका १२ जिल्लामा इन्धन आपूर्ति हुने गरेकामा चार दिन देखि सो आपूर्ति हुन नसक्दा इन्धनको अभाव सिर्जना भएको निगमको क्षेत्रीय कार्यालयले जनाएको छ । 
 
यस सम्बन्धमा आयल निगमका क्षेत्रीय प्रमुख भुवन रेग्मीले ती सङ्घका पदाधिकारीसँग प्रजिअ तोयम रायको उपस्थितिमा पटक–पटक वार्ता भएपनि अहिलेसम्म ठोस निष्कर्ष नआएको बताए । ती १२ जिल्लामा दैनिक ६०० किलोलिटर इन्धन खपत हुने गरेको छ ।



नयाँ