arrow

‘फ्रि तिब्बत’ मा सहभागी भएपछि समाजवादीका सांसद यादव निलम्बित

logo
प्रकाशित २०७६ असार ११ बुधबार
pradip-yadav-samsad.jpg

काठमाडौं । नेपालले ‘एक चीन नीति’ लाई अबलम्बन गर्दै आएको छ । तर त्यो नीति विपरीत एक सांसद नै लागेपछि राज्यले कार्वाही त गरेन नै पार्टीले भने कार्वाही गरेको छ । 

समाजवादी पार्टी नेपालले स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा भएपछि सांसद प्रदीप यादवलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको हो ।

समाजवादीले यादवलाई पार्टी नीतिविपरीत लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएकामा कारवाही गरेको विज्ञप्तिमार्फत जनाएको हो ।

पार्टी नीति विपरीत जानकारी नगराई त्यहाँ भएको ‘इन्टरनेसनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएकामा समाजवादीले यादवसँग लिखित स्पष्टीकरण सोधेको थियो । 

स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदाधिकारी बैठकले यादवलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको समाजवादीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सरकारले देश बाहिर जानुपरे परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । यादव कसरी उक्त कार्यक्रममा गए भन्नेबारे मन्त्रालयले कुनै जानकारी दिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ