arrow

तीन तलाक विधेयकमा सघाउन कांग्रेसलाई मोदीको सुझाव

भन्छन् – कांग्रेसले महिला सशक्तिकरणमा दुई मौका गुमायो तेस्रो मौका नगुमाओस्

logo
प्रकाशित २०७६ असार ११ बुधबार
modi3.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन तलाक विधेयक सम्बन्धमा समर्थन गर्न विपक्षी कांग्रेसलाई आग्रह गरेका छन् । 

उनले कांग्रेसले महिला सशक्तिकरणका दुई मौका गुमाइसकेकाले अब तीन तलाक विधेयक तेस्रो मौका भएकाले यसलाई नगुमाउन आग्रह गरेका हुन् । 

बजेट सत्रमा राष्ट्रपति रामनाथ कोविन्दको अभिभाषणमा धन्यवाद प्रस्तावमाथि भएको चर्चाका क्रममा मोदीले कांग्रेसलाई मौका नगुमाउन सुझाव दिएका हुन् । 

मोदीले पुराना कुरा सम्झदै १९५० को दशकमा समान नागरिक संहिताको मौका आएपनि कांग्रेस चुकेकैले हिन्दू कोड विधेयक आएको बताए । 

त्यस्तै त्यसको ३५ वर्षपछि शाहबानो बाले मामलामा लैंगिक समानता सुनिश्चित गर्ने मौका आए पनि त्यसमा समेत कांग्रेस चुकेको मोदीले बताए । 

उनले अब तीन तलाक विधेयक आएकाले कांग्रेसलाई तेस्रो मौका रहेको बताएका छन् । यसलाई उनले कुनै धर्म, सम्प्रदायसंग जोडेर हेर्ने आवश्यकता नभएको बताएका छन् । 

यो विधेयक गत हप्ता लोकसभामा पेश भएको थियो । विपक्षी पार्टीहरुले यसको विरोध गरे पनि मतदानमा १८६ सदस्यले पक्षमा र ७४ ले विपक्षमा मत हालेका थिए । 

तीन तलाक विधेयक गएको लोकसभामा पनि पारित भएको थियो । १६ औं लोकसभाको कार्यकाल समाप्त भएको र राज्यसभामा लम्बिएकाले यो आफै समाप्त भएको थियो । 

राज्यसभाबाट पारित हुन नसकेको यो विधेयक सन् २०१८ को सेप्टेम्बर र २०१९ को फेब्रुअरीमा पनि जारी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ