arrow

प्रहरीको मोटरसाईकलमा तीन जना, रोक्ने ट्राफिक कोही भएन (भिडियो)

logo
सुदिप बर्देवा।
प्रकाशित २०७२ चैत १२ शुक्रबार
police-motercycle.jpg.jpeg
काठमाडौं। बिहान कार्यालय आउने बेला कपनबाट निस्केको अगाडीको एउटा मोटरसाईकलमा ३ जना चढेको देखें अनि नम्बर हेरेको सरकारी प्लेट रहेछ। को होलान भनेर पछि पछि गुडिरहँदा प्रहरीको मोटरसाईकल रहेको पत्ता लाग्यो अनि हत्तपत्त पछाडी बसेको साथीलाई मोबाइलबाट उक्त तीन जना सवार मोटरसाइकलको भिडियो र फोटो खिच्न आग्रह गरें। बा २ ब ११३२ नम्वरको प्रहरी मोटरसाईकलमा सवार तीनजना ढुक्कसँग अगाडी बढिरहेका थिए। 
 
चावहिल ओरालोको बिद्युत गृह जहिले पनि ट्राफिक प्रहरी हुने गर्छन्। ट्राफिक प्रहरीले सायद देखेनन् वा देख्न चाहेनन् त्यो उनीहरुले नै भन्न सक्छन्। उनीहरुलाई चावहिलको उकालोमा ओभरटेक गरेर हिंडियो त्यसैले थाहा पाउन सकिएन, उनीहरु कहाँसम्म तीनजना सवार भए? 
 
हुन त प्रहरीले सर्वसाधारणलाई वाइकमा तीनजना चढ्न नदिने पनि उनीहरुको स्वयंको सुरक्षाको लागि हो। तर कहिलेकाहि व्यवहारीक कारण प्रहरीले आँखा चिम्लिने गर्दछ। नाकावन्दीको समयमा प्रहरीले केहि समय आँखा चिम्लियो। तर पेट्रोलियमको आपूर्ती बढ्न थालेपछि प्रहरीले मोटरसाइकलमा तीन जना सवार हुन रोक्यो। सार्वजनिक सवारीमा पनि छतमा यात्रा गराउन रोक्यो। तर काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ती सहज भइसक्दा पनि प्रहरी आफैले मोटरसाईकलमा ३ जना सवार हुँदा जो अगुवा उही बाटो ... झै देखियो। 
 
कानुन पालना गराउने प्रहरीले नै कानुन मिचेपछि बाँकीलाई कुन नैतिकताको आधारमा कार्वाही गर्ने होला? कर्तव्य पालन गर्न प्रोत्साहित गर्ने निकाय आफै अरु निरुत्साहित हुने कार्य गरेर कसरि अघि बढ्ने होला? हुनत: भनिएला संगठनमा एक-दुई त खराब निस्किहाल्छन् तर यो भनेर कार्वाही नगर्ने हो भने त्यो एक दुई, सय-दुईसय भएर हजारमा हुन केहि बेर नलाग्ला। जे होस प्रहरी संगठनले बेलैमा बिचार पुराउला भन्ने आस गरियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ