arrow

इतिहास दोहोर्याए जित्छ पाकिस्तानले न्यूजिल्याण्डलाई 

इंगल्याण्डको भूमिमा ३६ वर्षदेखि हारेको छैन पाकिस्तान न्यूजिल्याण्डसंग

logo
प्रकाशित २०७६ असार ११ बुधबार
pak-nz.jpg

काठमाडौं । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा बुधबार पाकिस्तान र न्यूजिल्याण्डबीचको खेल हुँदैछ । 

विश्वकपको ३३ औं खेल बर्मिंघमको मैदानमा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ । दुवै टिम पाँचौं पटक इंगल्याण्डको मैदानमा आमने सामने हुँदैछन् । पछिल्ला तीन खेलमा पाकिस्तान विजयी भएको छ । 

सन् १९८३ मा भएको खेलमा न्यूजिल्याण्ड विजयी भएको थियो । त्यसपछि ३६ वर्षदेखि पाकिस्तान विजयी हुँदै आएको छ । सन् १९८३ मै, सन् १९९९ र सन् १९९९ मै पाकिस्तान विजयी भएको थियो । 

तर २० वर्ष भैसक्यो दुवै टिम इंगल्याण्डमा नभिडेको । 

हेड टु हेड 
दुवै टिमले आपसमा १०६ एक दिवसीय खेलेका छन् । त्यसमध्ये पाकिस्तान ५४ खेलमा विजयी भएको छ भने न्यूजिल्याण्डले ४८ खेल जितेको छ । 

एक खेल बराबरीमा सकिँदा ३ खेलमा नतिजा आएको थिएन । विश्वकपमा भने ८ खेल खेलिएकामा ६ खेल पाकिस्तानले जितेको छ भने न्यूजिल्याण्डले दुई खेलमात्र जितेको छ । 

अहिलेको अंकतालिका
पहिलो पटक विश्वकपमा न्यूजिल्याण्ड निकै सशक्त देखिएको छ । न्यूजिल्याण्डले खेलको ६ खेलमा अहिलेसम्म हार बेहोरेको छैन । 

११ अंकको न्यूजिल्याण्डले भारत विरुद्धको खेल रद्द भएसंगै अंक बाँडेको थियो । न्यूजिल्याण्ड दोस्रो स्थानमा छ । 

पाकिस्तान भने सातौं स्थानमा छ । पाकिस्तानले ६ खेलबाट ५ अंक बटुलेको छ । यो खेलमा पराजित हुँदा न्यूजिल्याण्डको सेमिफाइनल यात्रा रोकिने सम्भावना छैन । तर यो खेल हार्दा पाकिस्तानको यात्रा रोकिने लगभग पक्का छ । 

इतिहास पाकिस्तानको पक्षमा छ भने वर्तमान न्यूजिल्याण्डको पक्षमा छ । जित्ला कसले ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ