arrow

अमेरिकी विदेशमन्त्री पोम्पियो भारतमा, मोदीसंग भेट

logo
प्रकाशित २०७६ असार ११ बुधबार
modi-pompio.jpg

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो बुधबार बिहान भारतको दिल्ली पुगेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेट गरेका छन् । 

तीन दिने भारत यात्रामा दिल्ली पुगेका उनलाई स्वागत गर्दै मोदीले विशेष स्वागत भनेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीसंग जी–२० मा हुने छलफलका एजेन्डा तय गर्न पोम्पियो भारत आएका हुन् । 

मोदीसंगको भेटपछि पोम्पियोले विदेशमन्त्री एस जयशंकरसंग छलफल गर्नेछन् । दुई विदेशमन्त्रीबीच महत्वपूर्ण मुद्दाहरुमा छलफल हुन सक्ने जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ