arrow

फुटपाथमा सुतिरहेका तीन बालबालिकाको कारले किचेर मृत्यु, स्थानीयद्वारा चालकको हत्या

logo
प्रकाशित २०७६ असार ११ बुधबार
car1.jpg

काठमाडौं । भारतको बिहारमा एक दर्दनाक दुर्घटनामा तीन जना बालबालिकाको ज्यान गएको छ । फुटपाथमा सुतिरहेका उनीहरुलाई एक अनियन्त्रित कारले किचेको हो । अर्का एक बालकको अवस्था पनि गम्भीर छ । उनलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ ।

तीन बालबालिकाको ज्यान गएपछि आक्रोशमा आएका स्थानीयले कार चालकको पनि हत्या गरेका छन् । साथै कार पनि तहसनहस गरेका छन् । आक्रोशित मानिसहरुले सडक पनि अवरुद्ध पारेका थिए ।

अवस्थाको गम्भीरतालाई बुझेर प्रहरीले बल तैनाथ पनि गरेको छ । प्रहरीका अनुसार कारमा सवार अर्का एक व्यक्ति र बालकको अहिले अस्पतालमा उपचार भइरहेको छ । यो घटना भएपछि आक्रोशित मानिसले टायर बालेर सडक जाम पारेका थिए ।

प्रहरीले भने चालकको मृत्यु स्थानीयको पिटाइबाट नभई दुर्घटनामा गम्भीररुपमा घाइते भएको कारण ज्यान गएको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ