भक्तपुर । नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन हुने बताएका छन् । रफत् सञ्चार क्लले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले भने, ‘संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढेको छ । नेताहरुबीच सहमतिमै दलको नेता सर्वसम्मतरुपमा चयन हुने सम्भावना छ ।’
महाधिवेशनले पदाधिकारी चयनसँगै वैचारिक पक्षलाई गम्भीर ढङ्गले छलफल गरेको चर्चा गर्दै नेता पौडेलले काँग्रेसले ठूला दलको हैसियतले नेपाल र नेपालीको हितमा काम गर्ने विश्वास गरे । काँग्रेस मुलुकको सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व गर्न अघि बढ्नु सामान्य भएको बताउँदै पौडेलले सरकार परिवर्तनका लागि काँग्रेस तयार भएको सङ्केत समेत गरे ।
संविधान जारी भए पनि कार्यान्वयनको पाटो जटिल रहेकाले सबै राजनीतिक दलले यसतर्फ ध्यान दिन जरुरी रहेको छ भन्दै नेता पौडेलले मधेस अन्दोलनका जायज माग पूरा गर्न काँग्रेस जहिले पनि अग्रपङ्क्तिमा उभिने सुनाए ।