arrow

को बन्ला भारतमा अबको आर्मी प्रमुख ? सर्जिकल स्ट्राइकका हस्तीहरुबीच प्रतिस्पर्धा

logo
प्रकाशित २०७६ असार ११ बुधबार
indian-army3.jpg

नयाँ दिल्ली । भारतीय सेना प्रमुखका चुनावको चयन प्रक्रिया सुरु भएको छ । अहिलेका सेना प्रमुख विपिन रावतको कार्यकाल यही वर्षको अन्तिममा सकिँदै छ । त्यसैले पनि अहिलेदेखि नै प्रमुख उम्मेदवारहरुको मूल्यांक प्रक्रिया सुरु भएको छ । सेनाको शीर्ष पाँच अधिकारीहरुको नाममा यस पदको लागि विचार गरिएको छ । पुरानी परम्परा अनुसार वरिष्ठतम अधिकारीलाई नै यो पद दिने गरिन्छ । भर्खरै देशमा लोकसभाको चुनाव पनि भएको छ । उच्च ५ जनाको सूचीमा उत्तरी र पूर्वी आर्मी कमाण्डरहरु माथि रहेका छन् । उनीहरुको सामु धेरै सैन्य अभियानको अनुभव छ । आतंकवाद विरोधी अभियानमा समेत उनीहरुको रेकर्ड राम्रो छ । यो ५ जनाको सूचीमा लेफ्टिनेन्ट जनरल मुकुन्द नरवाने सबैभन्दा वरिस्ठ अधिकारी हुन् । 

सबै कमेन्ट नरवाने अहिले पूर्वी आर्मी कमाण्डर हुन् । जनरल रावतको रिटायर पछि उनी नै इण्डियन आर्मीमा सबैभन्दा वरिष्ठ अधिकारी हुनेछन् । सिख लाइट इन्फेन्ट्रीका अफिसर रहेका नरवानेले कश्मीरमा राष्ट्रिय राइफल्स बटालियनको कमाण्ड सम्हालेका थिए । उनले असम राइफल्समा सेवा दिएका थिए । म्यामारमा डिफेन्स सहचारी समेत भइसकेका थिए । डिसेम्बर २०१७ मा उनले आर्मीको ट्रेनिङ्ग कमाण्ड हेडको रुपमा काम गरेका छन् । तर, यसमा सवाल उठेको छ कि यो अति संवेदनशील पद मानिएको थियो । सेप्टेम्बर २०१८ मा सेनाको उच्च अधिकारीको बीचमा म्यूजिकल चेयर जस्तो खेल जसरी नरवानलाई अपरेशनको लागि लिहाज जस्तो संवेदनशील ईस्टर्न कमाण्डमा पठाइएको छ । यस कमाण्डबाट यस भन्दा पहिले पनि कैयौं आर्मी चीफ भइसकेका छन् । 

लेफ्टिनेन्ट जनरल रणबीर सिंहको करियर रेकर्ड शानदार 
उत्तरी आर्मी कमाण्डर लेफ्टिनेन्ट जनरल रणबीर सिंहको ‍नाम म्यामार र पाकिस्तान अधिकृत कश्मीरमा सर्जिकल स्ट्राइक्ससँग जोडिएको छ । उनको करियर रेकर्ड पनि शानदार छ । सरकारले २०१६ मा उनलाई डायरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स बनाएर क्रम भ‌ंग गराएको थियो । जबकी उनलाई कोर लेभलको फर्मेसनको कमान सम्भाल्नको लागि स्वीकृत गरिएको थियो । 

ले. जनरल सिंह अहिले पनि उत्तरी आर्मी कमाण्डर 
डोगरा रेजिमेन्टका अफिसर सिंह २०१५ मा सर्जिकल स्ट्राइकको योजना बनाउने समय समय मिलिट्री अपरेशन डिपार्टमेन्टमा मेजर जनरल थिए। यस योजना पछि सफल अभियानको जानकारी उनले नै उच्च राजनीतिक नेतृत्वलाई दिएका थिए । उनी डोगरा रेजिमेन्टमा कर्नेल कमाण्डेन्ट हुन् । जून २०१८ मा उनले उत्तरी आर्मी कमाण्डरको समेत पद सम्हालेका थिए । यस दौरान आतंकवादी गिरोहको विरुद्ध ठूलो अभियान चलाएर गएका थिए । उनले फेव्रुअरीमा बालाकोट एयर स्ट्राइक पछि आर्मीको अभियानमा नजर राखेका थिए । ताकि पाकिस्तानद्वारा हुने जस्तोसुकै आक्रमणको पनि जवाफ दिन सकियोस् । 

आर्मीको सेलेक्सन प्रक्रियामा दुबै अफिसरको सेवाको रेकर्ड हेरिन्छ । तर अब आउने महिना उच्च आर्मी अधिकारीहरुको वरियतामा वदलाव ल्याउने सम्भावना समेत देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ