arrow

पहिरोका कारण १५ घर विस्थापित, घर, गोठ, पशु चौपाय बगायो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार ११ बुधबार
pahiro_panchtar.jpg

पाँचथर । गएराती परेको वर्षादका कारण पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ चिङमामा एक घर बगाएको छ भने त्यस आसपास वस्तीका १५ घर विस्थापित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार स्थानीय पहलमान राईको एक घर बगाएको छ । यस्तै वडा नम्बर २ को मुक्लाबुङ, धिमाले, बेतेनी गाउँमा पहिरोका कारण २० घरमा क्षती पुगेको छ । यस्तै स्थानीयको गोठहरु  र पशुचौपाय बगाएको छ ।

अहिले पहिरोको जोखीमका कारण विस्थापित भएकाहरुलाई सुरक्षित स्थान तर्फ सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी वस्तीले बताए । त्यहाँ रहेका विद्यालय,अन्य सार्वजनिक स्थानहरुमा बसाई सार्ने काम भइरहेको उनले बताए ।

अहिले घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालको नेतृत्वको टोली, थर्पुबाट शसस्त्र प्रहरी,पालिका,वडाका जनप्रतिनिधी,तथा स्थानियहरु उद्धारका लागि खटिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ