arrow

अमेरिकी विदेशमन्त्री पोम्पियो र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

logo
प्रकाशित २०७६ असार ११ बुधबार
modi-pompeo.jpg

काठमाडौं। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ दुई दिने भ्रमणका लागि भारत आएका छन्। उनले बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन्। पोम्पिओ जापानमा हुन गइरहेको जी २० सम्मेलनअघि भारत भ्रमणमा आएका हुन्।

२८ देखि २९ जुन हुने जी २० सम्मेलनमा मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बीचमा बैठक हुनेछ। यस्तोमा पोम्पिओको भारत भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ। भारत भ्रमणको क्रममा विदेशी एच१ बी भिसा, रुससँग भारतको एस–४०० मिसाइल सम्झौतालगायत दुई मुलुकको बीचको व्यापारयुद्धको विषयलाई वार्ता गर्नसक्ने बताइएको छ। 

भारतलाई रुससँगको एस–४०० मिसाइलसमेत अन्य हतियार सम्झौताको मामिलामा अमेरिकाबाट राहत मिल्नसक्ने बताइएको छ। अमेरिकाले यसअघि नै भारतसँगको रुसको सम्झौतामा आफ्नो असन्तुष्टि व्यक्त गरिसकेको छ। 

पोम्पिओको भारत यात्राको क्रममा जयशंकरसँग जापानको ओसाकामा मोदी र ट्रम्पबीच भेटसँग सम्बन्धित एजेन्डालाई अन्तिम रुप दिनसक्ने बताइएको छ। जापानमा हुने मोदी–ट्रम्प वार्तामा पोम्पिओ र जयशंकर पनि सहभागी हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ