arrow

गोली लाग्दा पनि उड्ने आयो विश्वकै ठूलो नयाँ विमान

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
hybridairvehiclesltd.pawire.jpg.jpeg
संसारको सबै भन्दा ठुलो हवाई जहाज 'एयरल्याण्डर १०' को तस्वीर सार्वजानिक गरिएको छ । 'एयरल्याण्डर १०' ले हालसम्म पहिलो उडान पनि भरेको  छैन । यो विमान ३ सय २ फीट (९२ मिटर) लामो रहेको छ। हाल संसारको सबै भन्दा ठोलो विमानको लम्बाई ६० फीट (१८ मीटर)रहेको छ। 
 
एयरलैंडर 10
बेलायतको कार्डिङगटन, ब्रेर्डफर्डशायर स्थित सबै भन्दा ठुलो  एयरलाइन ह्याङ्गरमा मा पछिल्लो ९ बर्ष बाट उक्त विमान बनाउने काम भइरहेको छ ।  विमानको सोमबार सम्म मा  निर्माण कार्य पुरा हुने र पहिलो पटक उडाइने जनाइएको छ।  'एयरल्याण्डर १०' बनाउन  करिब २९९ करोड नेपाली रुपैया अर्थात २५ मिलियन यूरो लागेको बताइएको छ। उक्त विमान  एकै स्थानमा तिन साता सम्म रहन सक्ने  र गोलीले दुलो पारे पनि उड्न सक्ने कम्पनी ले जनाएको छ।
एयरलैंडर 10
 
यो विमान अमेरीकी सेनाको प्रयोजनको लागि  बनाउन सुरु गरेपनि  पैसा अभावको कारण यसलाई बनाउने कम्पनी ब्रितानी विमान कम्पनी, हाइब्रिड एयर व्हीकरले यो प्रोजेक्टवाट हात झिकेका थिए ।  
 
एयरलैंडर 10
कम्पनिको अनुसार शान्त तथा प्रदूषण नगर्ने यो विमान हवाई यात्राको भविष्य बन्न सक्नेछ। यो विमालाई जमीनबाट माथी उठनको लागि करिब १.३ मिलियन क्यूबिक फिट हीलियमको आवश्यकता पर्नेछ। जुन ओलम्पिक खेलको १५ स्विमिङ्ग पूल क्षमता बराबर हो। 
 
एयरलैंडर 10
 
'एयरल्याण्डर १०' को तौल करिब २०००० किलोग्राम रहेको छ र यो १४८ किलोमीटर प्रति घन्टाको रफ्तारमा उड्न सक्नेछ।  विमान हेलिकप्टर जस्तै सिधै माथी उठेर उड्न  सक्ने कम्पनिले जनाए । बिमान बरफ, पानी वा मरुभुमी जस्तो सुकै ठाउँमा उत्रिन सक्नेछ।
एयरलैंडर 10
 
कम्पनीले सन् २०१८ सम्ममा १२ एयरल्याण्डर बनाउने आशा लिएको छ ।विमानमा ४८ यात्रीले एक समयमा यात्रा गर्न सक्नेछन् । कम्पनीका अनुसार आगामी केही महिनामा यो विमानलाई एयरलाइन ह्याङ्गरबाट निकालिनै छ  र व्यवसायिक पहिलो  उडान गर्नेछ.।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ