arrow

त्यो तस्वीर जसका कारण आयो अमेरिका दबाबमा, ट्रम्पले लेखे ‘बोरिङ’ 

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
killed2.jpg

काठमाडौं । अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत भेटिएको फोटोले विश्वभर चर्चा पाएसँगै रिपब्लिकनको बहुमत रहेको अमेरिकाको सिनेटले मेक्सिकोको सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी एक विधेयकलाई पारित गरेको छ ।

सिनेटले अमेरिका प्रवेश गर्न चाहने शरणार्थीका कारण सीमा क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नका लागि आर्थिक सहायता सम्बन्धी विधेयक पारित गरेको हो ।

यसअघि डेमोक्रेटिकहरुको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभले पनि अमेरिकी आप्रवासी संस्थाहरुलाई दिने भनिएको सहायता सम्बन्धी विधेयक अस्वीकृत गरेको थियो । 

पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएपछि अमेरिका दबाबमा परेको छ । शरणार्थी बाबुछोरीको मृत्युको घटनापछि दुबै सदनका विधायकहरु विधेयकमा पुनर्विचार गर्न दबावमा परेका छन् ।

आप्रवासीको मृत्यु, बन्दीहरुको खराव अवस्था र बन्दी केन्द्रमा राखिएका बालबालिकाको जोखिमपूर्ण अवस्थाले आप्रवासीप्रति लिइदै आएको अमेरिकी नीति बारेको बहसलाई बढाएको छ ।

बुधबार एक ट्वीट गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटहरुले खुला सीमाना चाहन्थे र खुला सीमाना भनेको मानिसहरु नदीमा डुबिरहनु हो भनेका थिए । 

तर ट्रम्पले पछिल्लो ट्वीटमा भने ‘बोरिङ’ भनी लेखेका छन् । यसले ह्वाइट हाउस प्रशासन पनि दबाबमा परेको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ