arrow

गोयललाई बनायो भारतले ‘रअ’ को डाइरेक्टर 

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
samant-goyal.raw_.jpeg

काठमाडौं । भारतमा नरेन्द्र मोदी सरकारले खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विंग ‘रअ’ को डाइरेक्टरमा सामन्त गोयललाई बनाएको छ । 

त्यसैगरी मोदी सरकारले अरविन्द कुमारलाई इन्टिलिजेन्स ब्यूरो आईबीको प्रमुख बनाएको छ । गोयल र कुमार दुवै एकै ब्याची हुन् । दुवै सन् १९८४ को ब्याचका आइपीएस अफिसर हुन् । 

गायल पंजाब क्याडर र कुमार असम–मेघालय क्याडरमा रहेका थिए । गोयल गत फेब्रुअरीमा पाकिस्तानको बालाकोट एयर स्ट्राइक र सन् २०१६ को सर्जिकल स्ट्राइकको रणनीति बनाउने अधिकारीहरुमा सामेल थिए । 

गोयललाई पाकिस्तानका विज्ञ पनि मानिन्छ । उनले सन् १९९० को दशकमा उग्रवादबाट गुज्रेको पंजाबलाई सम्हाल्न महत्वपूर्ण भूमिका खेलेका थिए । 

अरबिन्द कुमारलाई जम्मू–कश्मीर विज्ञ पनि मानिन्छ । उनी यसअघि राजीव जैन आईबीका प्रमुख थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ