arrow

नरेन्द्र मोदीले २०२४ मा पनि प्रधानमन्त्री बन्ने लक्षण ल्याए 

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
modi4.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२४ को लोकसभा निर्वाचनमा पनि लड्ने संकेत ल्याएका छन् । 

राज्यसभामा बुधबार प्रधानमन्त्री मोदीले पहिलो पटक सन् २०२४ को लोकसभा चुनाव लड्ने संकेत गरेका हुन् । 

उनले राष्ट्रपतिको अभिभाषणमा धन्यवाद प्रस्तावमाथि राज्यसभालाई जवाफ दिने क्रममा आयुष्मान योजनाको चर्चा गर्दै विपक्षलाई भने, ‘यसको आलोचना नगर्नु २०२४ का लागि नयाँ काम लिएर जानेवाला छु ।’

मोदीका अनुसार आयुष्मान भारत योजनाबाट ३० लाख मानिसले फाइदा उठाएका छन् । यसमा कुनै कमी भएको भए त्यसतर्फ सचेत गराउन पनि उनले विपक्षलाई आग्रह गरेका छन् । 

यो योजनाई जति बढी मजबूद बनाइन्छ त्यति नै गरिबलाई गरिब हुनबाट बचाउन सकिने मोदीको योजना छ । 

आयुष्मान योजनाको क्रेडिट मोदीले लैजान्छ भनेर आलोचना गर्नु राम्रो नभएको पनि उनले विपक्षलाई भनेका छन् । 

यसको क्रेडिट आइसकेको भन्दै उनले चुनावको नतिजातर्फ ध्यान दिन सुझाव दिएका छन् । मोदीले सन् २०२४ का लागि नयाँ योजना लैजाने र त्यसका लागि चिन्ता नगर्न पनि विपक्षलाई सुझाव दिएका छन् । 

उनले कुनै नेताले जनादेशको अपमान गर्छ भने त्यो दुखद पक्ष भएको बताउँदै भाजपाले जितेर देश या लोकतन्त्र हार्यो भन्नु गलत भएको पनि स्पष्ट पारेका छन् । 

उनले विपक्षलाई प्रश्न गरेका छन् –के काँग्रेसले हार्यो भने अब देशले नै हार्यो ?

उनले लोकसभामै एउटा गालिबको शेर पढेर काँग्रेस र गुलाम नबी आजादमाथि ब्यंग्य कसे –‘गालिबले यो भुल गर्दै गयो, धुलो अनुहारमा थियो, ऐना सफा गरिरह्यो’ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ