arrow

भारत र वेष्ट इन्डिजबीच अर्को ३६ वर्षको आँकडा

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
dhoni-gale.jpg

काठमाडौं । इंगल्याण्डमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ३४ औं खेलमा भारत र वेष्ट इन्डिजबीच भिडन्त हुँदैछ । 

जारी विश्वकपमा भारत एक मात्र अपराजित टिम हो भने वेष्ट इन्डिज केही कमजोर देखिएको छ । 

यो खेलमा पनि भारत हावी देखिने अनुमान गर्न सकिन्छ । दिउँसो ३ः१५ बजे म्यान्चेस्टरको मैदानमा उत्रदा भारतसंग जीतको इतिहास साथमा हुनेछ । 

३६ वर्षदेखि भारतले वेष्ट इन्डिजसंग इंगल्याण्डको भूमिमा हारेको छैन । सन् १९८३ मा भारतले ६६ रनको हारको सामना गरेको थियो । 

यसअघि पाकिस्तानले सोही आँकडाको इतिहास लिएर बुधबार राति न्यूजिल्याण्डलाई हराएर उसको अपराजित यात्रा तोडेको थियो । 

बिहीबार भारतले पनि आफ्नो इतिहासलाई निरन्तरता दियो भने अपराजित यात्रा लब्बिने छ । भारतको ५ खेलबाट ४ जित र १ बराबरीसहित ९ अंक छ । 

भारत पाँचौं जित नजिक छ । भारतलाई सन् २०१५ को विश्वकपमा लगातार ६ जितको सफलता मिलेको थियो । 

यो खेल जित्दा भारत सेमिफाइनल नजिक पुग्नेछ । तर हारले वेष्ट इन्डिज औपचारिक रुपले नै सेमिफाइनलको होडबाट बाहिररिने छ । वेष्ट इन्डिजको ६ खेलबाट जम्मा ३ अंक छ । 

हेड टु हेड
दुई देशबीच एक दिवसीयमा कुल १२६ खेल भएका छन् । जसमा वेष्ट इन्डिजले ६२ खेल जितेको छ । भारतले ५९ खेल जितेको छ । 

२ खेल बराबरीमा सकिएको थियो भने ३ खेलमा नतिजा निस्केको थिएन । विश्वकपमा भने यी दुईबीच ८ खेल भएको छ । जसमा भारतले ५ तथा वेष्ट इन्डिजले ३ खेल जितेको छ । 

भारतले वेष्ट इन्डिजलाई सन् १९८३ को विश्वकप फाइनलमा हराएर उपाधि जितको थियो । 

भारतसंग के छ ? 
भारतसंग सबैभन्दा बढी हौसला छ । विराट कोहलीको कप्तानी छ । कोहली फर्ममा छन् । उनले ४ खेलमा २४४ रन बनाएका छन् । वेष्ट इन्डिज विरुद्ध उनी जम्न सक्छन् । पछिल्ला ६ खेलमा उनले वेष्ट इन्डिज विरुद्ध ४ सतक बनाएका छन् । 

भारतको बलिङ पनि यसपटक ठीकठाक छ । पूर्व कप्तान महेन्द्र सिंह धोनीले पनि भारतलाई जिताउने तागत राख्छन् । 

तर कमजोरी भने अझै पनि मध्यक्रमको ब्याटिङ हो । चार नम्बरमा कसलाई ल्याउने भन्ने । शिखर धवन नभएपछि लोकेश राहुल ओपनिङमा जाँदा उनको ठाउँ विजय शंकरले लिए । तर शंकरले राम्रो खेल्न सकेनन् । शंकरले राम्रो नखेले ऋषभ पन्तले जुनसुकै समय विस्थापित गर्न सक्नेछन् । 

वेष्ट इन्डिजसंग के छ ? 
वेष्ट इन्डिजसंग क्रिस गेल छन् । तर उनी भरपर्दा छैनन् । तर रन बनाउन थालेपछि रोकिँदैनन् । उनी वेष्ट इन्डिजका सबैभन्दा बढी रन बनाउने खेलाडी बन्न चाहन्छन् । 

एक दिवसीयमा ब्रायन लाराको २९९ खेलबाट १०४०५ रन छ । गेलको २९५ खेलबाट १०३४५ रन छ । मात्र ६० रनको जरुरी छ रेकर्ड राख्न गेललाई । 

वेष्ट इन्डिजका कमजोरी धेरै छन् । त्यसमध्ये हो ओपनिङ साझेदारी बन्न नसक्नु ।  

दुई – दुई पटक विश्वकप जित्ने टिम हुन् भारत र वेष्ट इन्डिज । सुरुवातका दुई उपाधि (सन् १९७५ र सन् १९७९) जितेपछि वेष्ट इन्डिज रोकिएको छ । भारतले सन् १९८३ र २०११ को उपाधि जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ