arrow

विजेपी विरुद्ध एकसाथ हुन काँग्रेस र सीपीआई(एम)लाई ममताको प्रस्ताव, ठाडै भयो इन्कार

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
Mamata_Banerjee.jpg

कोलकाता । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीद्वारा काँग्रेस र सीपीआई(एम) लाई विजेपी विरुद्ध साथ आउन गरिएको प्रस्ताव दुबै दलले इन्कार गरिदिएका छन् । उनीहरुले पश्चिम बंगालमा माथि आउनुमा ममताको नीति जिम्मेवार छ । राज्यपाल केशरीनाथ त्रिपाठीको अभिभाषणमा चर्चा गर्ने क्रममा ममताले बुधवार विधानसभामा भनेकी थिइन् कि बीजेपी प्रदेशमा समानान्तर सरकार चलाउने प्रयासमा छ । कांग्रेस-सीपीएम जस्ता पार्टीहरुलाई भाजपा पार्टी विरुद्ध संघर्ष गर्नु पर्दछ । 

ममताको अपिलबारे प्रतिक्रिया दिँदै वरिष्ठ काँग्रेस नेता अब्दुल मन्नानले भनेका छन् कि, बीजेपीको विरुद्ध संघर्षको लागि हामीलाई ममतासँग सिक्नुपर्ने कुनै आवश्यकता छैन । यो उनको नीति नै हो जसको कारण नै बीजेपीको धरातल बंगालमा तयार भएको छ । पहिले उनले यो स्वीकार गर्नुपर्छ कि उनको गल्तीको कारण नै बीजेपी राज्यमा मजबूत बनेको छ ।’ त्यस्तै सीपीएम विधायक दलका नेता सुजान चक्रबर्तीले पनि मन्नानको विचारमा सहमति जनाएका छन् । दोस्रो तर्फ प्रदेश बीजेपी अध्यक्ष दिलीप घोषले ममताको अपिलमा उनको डर देखिएको बताए । 

विधानसभा चुनाव पहिले ममताको ठूलो अफर 
यसभन्दा पहिले ममता बनर्जीले विधानसभामा भनेकी थिइन्, 'मलाई लाग्छ कि हामी सबैको (टीएमसी, कांग्रेस र सीपीएम) एक साथ मिलेर बीजेपीको विरुद्ध लड्नु पर्छ । यसको मतलब यो होइन कि हामी राजनीतिक रुपमा हातमा हात मिलाइरहेका छौं ।' यस राज्यमा हुनेवाला विधानसभा चुनावलाई लिएर ममता बनर्जीको ठूलो दाबी पनि बाहिर आएको छ । बुधवार राज्य विधानसभामा ममताले राज्यका सबै गैर-बीजेपी दलको साथ साथ आउन प्रस्ताव गरिन् । ममताले स्पष्ट भनिन् कि बीजेपीलाई यदि हराउने हो भने बसै पार्टी साथमा आउनु पर्छ । 

२०२१ मा हुँदैछ पश्चिम बंगालमा विधानसभा चुनाव 
ममतालाई यस संकेतद्वारा यो स्पष्ट भएको छ कि अब आउने विधानसभा चुनावमा विजेपी र गैरविजेपीको चुनाव हुनेवाला छ । राज्यमा २०२१ मा विधानसभा चुनाव हुँदैछ । बीजेपी यस पटक टीएमसीको विरुद्ध प्रदर्शन गर्नेवाला छ । भर्खरै सम्पन्न विधानसभा चुनावमा विजेपीले १८ सिट जितेको छ । यो अघिल्लो भन्दा १६ सिट बढी हो । त्रिणमूल काँग्रेसले जम्मा २२ सिट जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ