arrow

होली मनाउँदा तीसको मृत्यु

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
Holi.jpg.jpeg
नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा होली मनाउने क्रममा भएको दङ्गामा परी कम्तीमा पनि ३० व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका राज्यद्वारा सञ्चालित अल इन्डिया रेडियो (एआइआर)ले शुक्रबार जानकारी दिएको छ । भारतीय राज्य उत्तर प्रदेशका विभिन्न भागमा भएको घटनामा ती व्यक्तिहरू मारिएका बताइएको छ । सो राज्यमा गत दुई दिनमा होली मनाउने क्रममा विभिन्न भागमा भएको घटनामा ती व्यक्ति मारिएका बताइएको छ । 
 
दुई समूहबीच भएको झडप र मादकपदार्थ सेवन गरी सवारी चलाउँदा भएका दुर्घटनाहरूमा परी ती व्यक्ति मारिएको जनाइएको छ । प्रान्तीय सहर लखनऊमा मात्र दुई समूहबीच भएको झडपमा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ । 
 
अन्य एक सहरमा भएको दुई समूहबीच भएको झडपमा दुई व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । होलीलाई रङ्गको पर्वका रूपमा मनाउने गरिन्छ । गत बिहीबार भारतमा होली पर्व मनाइएको हो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ