arrow

जिम्बावेमा किन लाग्यो विदेशी मुद्रामा प्रतिबन्ध ? 

logo
एजेन्सी
प्रकाशित २०७६ असार १२ बिहिबार
Zimwawe.jpg

काठमाडौं । जिम्बावेको सरकारले स्थानीय व्यापारमा विदेशी मुद्रामा प्रतिबन्ध लगाउने विवादास्पद निर्णय गरेको छ । जिम्बावेले तत्काल लागू हुने गरी अमेरिकी डलरलागायतका विदेशी मुद्रामा प्रतिबन्धको निर्णय गरेको हो । 

जिम्बावेले त्यसका लागि पुनः जिम्बावे डलर बजारमा ल्याएको छ । यो मुद्रा सन् २००९ मा अत्यधिक मुद्रास्फीतिदरको कारण बजारबाट हटाइएको थियो । अत्यधिक मुद्रास्फीतिपछि जिम्बावेले अमेरिकी डलर र दक्षिण अफ्रिकी र्‍याण्ड प्रयोगको निर्णय गरेको थियो । 

सरकारले यो कदमले जिम्बावेका नागरिकलाई आश्चर्यमा पारेको छ । स्थानीय मुद्राप्रति उनीहरुको विश्वास निकै कमजोर बन्न पुगेको छ । यसअघि जिम्बावे डलर १५ अंकको मुद्राले बल्ल एक अमेरिकी डलर हुने अवस्थामा पुगेको थियो ।

यो योजनाको लागि के ले गर्‍यो प्रेरित ?

अहिले जिम्बावेको अर्थतन्त्र त्यति राम्रो दिशामा चलिरहेको छैन । जिम्बावेमा सबैजसो सामग्री आयात हुन्छ र त्यसका लागि भौतिक नगदको अभाव छ । दैनिक जीवनयापनको खर्च पनि निकै महँगो छ । बेरोजगारीको अवस्था पनि भयावह अवस्थामा छ । 

जिम्बावे सरकारले यो समस्या समाधानको लागि विभिन्न किसिमको योजना अघि सारेको छ । जसअन्तर्गत सन् २०१६ मा जिम्बावेले बोन्ड नोट सार्वजनिक गरेको थियो । यो मुद्रा केवल जिम्बावेमा मात्र प्रचलनमा आउने गरी ल्याइएको थियो । यो कदम आधिकारिकरुपमा अमेरिकी डलरलाई विस्थापित गर्ने गरी ल्याइएको थियो । तर, यसको समग्र सम्पत्ति भने निकै कम थियो । जसको कारण कालोबजारी बढ्न पुग्यो । साथै जिम्बावे नगदविहीन समाज बन्न पुग्यो । उनीहरु कार्डमा आधारित कारोबार र मोबाइलको पैसामा निर्भर रहन पुगे । 

गत फेब्रुअरी महीनामा बोन्ड नोट र विद्युतीय नगदलाई सुधार गर्दै आरटीजीएस डलरमा परिवर्तन गरिएको थियो । यसले पुनः जिम्बावेमा बालोबजारीलाई प्रश्रय दिएको थियो । तर, कर्मचारीहरुले अमेरिकी डलरमा पाउँछन् । यसले पनि मुद्रास्फीति दरलाई भने रोक्न नसकेको देखिएको छ । अहिले जिम्बावेको मुद्रास्फीतिदर १०० प्रतिशतमा पुगेको छ । मानिसहरुले पसल तथा कुनै सेवाको लागि डक्टरको शुल्कजस्तै अमेरिकी डलरमा पैसा बुझाउँदै आएका छन् । 

राष्ट्रपति एमर्सन मनंगवाले यो प्रतिबन्ध जिम्बावेको अर्थतन्त्रलाई सही स्थानमा ल्याउनका लागि निकै महत्वपूर्ण कदम रहेको बताएका छन् । उनले धेरै मुद्रा भएको व्यवस्थाले अर्थतन्त्र केही स्थिर बनाए पनि उसले मौद्रिक नीतिमा सरकारलाई नियन्त्रण कायम गर्न भने नदिएको बताए । जसको कारण जिम्बावे अमेरिकी डलरको आधारमा चल्नुपरेको उनको भनाइ छ । यो जिम्बावेको अत्यधिक मुद्रास्फीतिको कारण रहेको मनंगवाले बताएका छन् । 

अधिकारीहरुले अमेरिकी डलर निकै महँगो भएकोले स्थानीय बजारमा सामग्री खरीद गर्नु निकै महँगो भएको बताएका छन् । यसको कारण जिम्बावेमा सामग्री आयात गर्नु सहज हुने उनीहरुको बुझाइ छ । 

प्रतिक्रिया कस्तो छ ? 

जिम्बावेको सरकारले ल्याएको नयाँ योजनासँगै जिम्बावेका नागरिकमा आक्रोश तथा निराशा बढ्दो क्रममा देखिएको छ । अहिले खाद्यान्न अभाव र अत्यधिक मुद्रास्फीतिको कारण मानिसहरु अमेरिकी डलरको प्रयोग गर्दै आएका थिए । उनीहरुले सरकारले यस विषयमा चेतावनी दिन नसकेको बताउँदै आएका छन् । गत सोमबार मात्र आरटीजीएस आधिकारिक रुपमा जिम्बावे डलर बनेको हो । 

जिम्बावेका एक व्यक्तिले आफ्नो मुलुकको छुट्टै किसिमको मुद्रा हुनु आवश्यक रहेको बताएका छन् । तर, जिम्बावेका नागरिकहरु भने आफूहरुलाई यसबारे सूचना नदिइएकोमा आक्रोश व्यक्त गरिरहेका छन् ।

अहिले जिम्बावेमा पहिलोपटक डक्टरसँग परामर्शको शुल्क १ हजार ८ सय जिम्बाबे डलर छ । यो रकम एउटा शिक्षक तथा नर्सको महीनाको तलबभन्दा बढी हो । अनधिकृत व्यापारीहरुले सरकारको निर्देशनको अवज्ञा गर्ने बताएका छन् । यस किसिमका व्यापारीले अर्थतन्त्रमा ठूलो भूमिका रहेको छ र उनीहरु आयातका लागि अमेरिकी डलरमा निर्भर रहँदै आएका छन् । 

विपक्षी अभियानका एक वकिलले सरकारको कदम पागलपन भएको बताएका छन् । आरटीजीएस डलरमा मानिसको विश्वास नरहेको अवस्थामा मानिसलाई स्थानीय मुद्रा नै प्रयोगका लागि जोड गर्नु उचित नहुने उनको भनाइ छ । 

किन विदेशी मुद्रा प्रयोग गर्न रुचाउँछन् जिम्बावेका नागरिक ? 

अहिले जिम्बावेका नागरिकहरु रोबोर्ट मुगावेपछिको सरकारले ल्याएको आर्थिक योजनाप्रति सशंकित देखिन्छन् । पछिल्लो समय व्यापक मात्रामा मुद्रास्फीतिदर बढिरहेको अवस्थामा पनि केन्द्रीय बैंकले उल्लेख्य मात्राम बैंक नोट छाप्न निर्देशन दिएको छ । 

सन् २००८ मा जिम्बावेको वार्षिक मुद्रास्फीतिदर २३ करोड १० लाख प्रतिशत पुगेको थियो । वास्तविकतामा भने जिम्बावेको निर्यातभन्दा आयात धेरै गुणा बढी रहेको कारण अत्यधिक मात्रामा जिम्बावेको पैसा बाहिरी मुलुकमा जाने गरेको छ । जसको कारण केही समयमा नै जिम्बावेमा नगदको अभाव हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ