arrow

रोचक बन्दै क्रिकेट विश्वकप : को पुग्ला सेमिफाइनलमा ?

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
cricket-world-cup.jpg

काठमाडौं । इंगल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट रोचक बन्दै गएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीबारे चर्चा पनि शुरु भएको छ । अष्ट्रेलियाले १२ अंक हासिल गर्दै सेमिफाइनलको टिकट काटिसकेको छ । यस्तोमा अफगानिस्तान र दक्षिण अफ्रिकाको सम्भावना सकिइसकेको छ । तर, बाँकी ७ मुलुकको बीचमा सेमिफाइनलको लागि निकै ठूलो प्रतिस्पर्धा देखिएको छ ।

बुधवार भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई हराएसँगै उसले पनि आफ्नो सम्भावना कायम राखेको छ । अहिले न्युजिल्याण्ड ७ मध्ये ५ खेल जितेर ११ अंकको साथमा दोस्रो स्थानमा छ । तर, अझै उसको सेमिफाइनलको स्थान पक्का भइसकेको छैन ।

पाकिस्तान
पाकिस्तानले अब आफ्नो बाँकी खेल अफगानिस्तान र बंगलादेशसँग खेल्नेछ । यस्तोमा पाकिस्तानले दुवै खेल जितेमा उसको ११ अंक हुनेछ । तर, उसले इंगल्याण्डको एकमात्र जित र श्रीलंकाले कम्तीमा एक खेलमा हारको सामना गरोस् भन्ने प्रार्थना गर्नुपर्नेछ । यसो भए पाकिस्तान सेमिफाइनलमा पुग्नेछ ।

इंगल्याण्ड
घरेलु टोली इंगल्याण्डले अहिलेसम्म ७ मध्ये ४ खेल जितेको छ । उसँग अहिले ८ अंक छ । यदि उसले अब बाँकी दुई खेल हारेको खण्डमा इंगल्याण्ड विश्वकपबाट बाहिरिनेछ । यस्तोमा श्रीलंका, बंगलादेश र पाकिस्तानमध्ये जो चौथो स्थानमा आउन सक्छन् । एकमात्र जितले इंगल्याण्डसँग १० अंक पुग्नेछ । यतिले उसलाई सेमिफाइनल पुग्न पर्याप्त हुँदैन । उसले भारत र न्युजिल्याण्डसँग हुने दुवै खेल जित्नुपर्छ ।

बंगलादेश
बंगलादेशसँग ७ खेलबाट ७ अंक मात्र छ । अबको दुई खेल भारत र पाकिस्तानसँग छ । सेमिफाइनलमा पुग्न उसका लागि दुवै खेल जित्नु जरुरी छ । यसबाट उसको ११ अंक हुनेछ । तर, त्यसका लागि इंगल्याण्ड, पाकिस्तान र श्रीलंकाले पनि बाँकी खेलमा एक÷एक खेल हार्नुपर्नेछ । यसो भए बंगलादेश सेमिफाइनलमा पुग्नेछ ।

न्युजिल्याण्ड
न्युजिल्याण्डका लागि सेमिफाइनलमा पुग्न केवल एक जित आवश्यक छ । तर, उसको बाँकी खेल अष्ट्रेलिया र इंगल्याण्डसँग छ । यस्तोमा उसले दुवै खेल हारेको र इंगल्याण्डले भारतलाई पनि हराएको खण्डमा न्युजिल्याण्ड समस्यामा पर्न सक्छ ।

श्रीलंका
श्रीलंकाले ६ खेलमा ६ अंक पाएको छ । बाँकी तीन खेल जितेर श्रीलंका सेमिफाइनलमा पुग्न सक्छ । यस्तोमा इंगल्याण्डको पनि १२ अंक पुग्यो भने रननेटको आधारमा फैसला हुनेछ ।

भारत
भारतले ५ खेल खेलेको छ । त्यसबाट ९ अंक जोडेको छ । यस्तोमा उसलाई २ खेलमा जित हासिल गर्नु जरुरी छ । यदि एक खेलमा जित हासिल गरेर बाँकी ३ खेल हारेमा भने भारतको समस्या बढ्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ