arrow

क्लिन फिड : हटाइएको विदेशी विज्ञापनको समयमा नेपाली विज्ञापन बजाउन पाइन्छ ? 

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
clean-feed.png

काठमाडौं । अहिले सरकारले ल्याएको विज्ञापन नियमन सम्बन्धी विधेयक निकै चर्चित बनेको छ । सो विधेयकको दफा ६ मा रहेको प्रस्तावले सिंगो देश यतिबेला दुई ध्रुवमा बाँडिएको छ । धेरैले यसको पक्षमा वकालत गरिरहेका छन् भने केवल टेलिभिजन सञ्चालकहरु सहित केहीले भने यसको पक्षमा पनि आफ्नो असमझदारी पोख्दै आएका छन् ।

यसमा रहेका केही बुँदालाई ध्यानमा राख्दै नेपालका टेलिभिजन वितरकहरु सरकारले प्रस्ताव गरेको क्लिन फिड’को व्यवस्थाको विरुद्धमा आन्दोलित बनेपछि यो विषय अहिले चर्चामा छ । यसले नेपालका सञ्चारमाध्यममात्र होइन कि सामाजिक सञ्जाललाई पनि तताएको छ । क्लिन फिड भनेको विदेशी च्यानलहरुले उनीहरुले आफ्नो देशमा उत्पादन गरेको विज्ञापन यहाँका टेलिभिजनहरुमा प्रशारण गर्न नपाउने प्रक्रिया हो । जुन कुराको टेलिभिजन वितरकहरुले विरोध गरिरहेका छन् । विरोधस्वरुप वितरकहरुले २४ घन्टासम्म सबै विदेशी च्यानलको प्रशारण पनि बन्द गराए । तर यो कार्यको आम उपभोक्ताद्धारा विरोध भयो ।

सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न यो कानून ल्याउन लागेको बताएको छ र विधेयक प्रस्ताव नै गरिसकेको छ । त्यसैले टेलिभिजन वितरकहरुको अहिलेको विरोधले नागरिकको सूचना सम्बन्धी हक, अभिव्यक्ति स्वतन्त्रताको हक र उपभोक्ता अधिकार सम्बन्धी हकको हनन् भएको बताएको छ । ग्राहकसँग टेलिभिजन वितरकले गरेको अप्रत्यक्ष करार विपरित हुने गरी सेवा अवरुद्ध गर्नु अवैधानिक नभएको अधिकारवालाहरु पनि बताउँछन् । 

टेलिभिजिन वितरक यसलाई मान्न तयार छैनन् । उनीहरु सरकारले क्लिन फिड लाग्दा कस्तो असर पर्छ भन्ने सबैलाई जानकारी गराउन २४ घण्टा ब्ल्याक आउट गरिएको बताउँछन् । सरकार भन्छ यसरी सबका सब बन्द भएजस्तो क्लिनफिड होइन भन्छ। विदेशी तथा हिन्दीभाषी च्यानलहरु नेपालका लागि छुट्टै क्लिन फिड दिन तयार नभएको उनीहरुको दाबी छ । 

क्लिन फिडको काटिएको विज्ञापनमा नेपाली विज्ञापन हाल्न मिल्छ ?
क्लिन फिड र क्लिन सिटहरु उस्तै लाग्ने दुई भिन्न विषयबस्तुहरु हुन् । क्लिन फिड भिन्न भिन्न किसिमको हुन्छ । कुनै विज्ञापनमा लगाइने क्लिन फिड हुन्छ । कुनै विषयबस्तुमा नै रोक लगाइने क्लिन फिड हुन्छ । विषयबस्तुमा लगाइने क्लिन फिड बेलायतमा छ । जहाँ बालबालिकाहरुको लागि नकारात्मक असर पर्ने विषयबस्तुहरुमा मात्रै प्रतिबन्ध लगाइन्छ । अहिले नेपालमा प्रस्ताव गरिएको क्लिन फिड विज्ञापनमा लगाइने क्लिन फिड हो । 

त्यस्तै अर्को क्लिन फिड जस्तै लाग्ने व्यवस्था छ । जसलाई केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले सिट क्लिन भन्ने गरेको बताए । यस प्रक्रिया अनुसार विदेशी च्यानलमा विज्ञापन बज्ने समयमा नेपाली विज्ञापन बजाउन सकिने हुन्छ । यसको लागि सम्बन्धित च्यानललाई पनि केही शुल्क तिर्नु पर्ने र यसको लागि थप जनशक्ति आवश्यक पर्ने भएकोले यसमा केही शुल्क धेरै लाग्ने महासंघले जनाएको छ । 

के छ क्लिन फिडको पक्ष र विपक्षको तर्क ?
क्लिन फिडको पक्षमा अहिले पत्रकार महासंघ, विज्ञापन एजेन्सी, सरकार, सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरु आदिको सहमति रहेको छ भने विपक्षमा केवल टेलिभिजन महासंघ सिंगो रहेको छ । हामीले यसको पक्ष र विपक्षका व्यक्तिहरुसँग कुराकानी गरेका छौं । जस अन्तर्गत् महासंघका अध्यक्ष पराजुली र नेपाल विज्ञापन एजेन्सी संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल शशिसँग यस विषयमा कुराकानी गरेका छौं ।

नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल 'शशि'ले यो व्यवस्थाले राज्यलाई फाइदा गर्ने भएकोले व्यवसायिक स्वार्थ भन्दा माथि उठेर आफूहरुले यसको पक्षमा वकालत गरेको बताए । उनले क्लिन फिड लागु भएपछि विदेशी च्यानल मार्फत् नेपाली संस्कृतिमाथि भएको हस्तक्षेपबाट जोगाउने दाबी गरे। 

उनले विदेशी विज्ञापन बज्न छाडेपछि नेपालीहरुलाई भिन्न भिन्न क्षेत्रमा रोजगारी थपिनेदेखि सरकारले पाउने राजश्वमा समेत बृद्धि हुने उनको तर्क छ । विशेषगरी बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा विदेशी च्यानलहरुमा विज्ञापन दिए भइहाल्छ नि भन्ने सोचाई राखेकोले नेपाली विज्ञापन उद्योग समेत कमजोर भइरहेको बेलामा यो नीतिले नेपाली मिडियालाई समेत फाइदा गर्ने उनको तर्क छ । यद्यपि उनले यो व्यवसायको हिसाबले मात्रै नभएर समग्र राष्ट्रिय हितको लागि यो कानून पारित हुनै पर्ने तर्क गरेका छन् ।   

त्यस्तै, केवल टेलिभिजन महासंघका अध्यक्ष पराजुलीले आफूहरुलाई मिडियाले गलत अर्थ लगाइदिँदा धेरै आरोप खेप्नु परेको गुनासो गरे । सरकारले क्लिन फिड लागू गराउने भनेपछि विदेशी च्यानलहरुलाई सो बारे जानकारी गराउँदा उनीहरुले नेपालमा क्लिनफिड लागू गरे आफूले च्यानल वितरण गर्न नसक्ने बताएको पराजुलीले जानकारी दिए ।  सोही अनुसार यदि क्लिन फिड लागू भयो भने ती विदेशी च्यानलहरु चल्दैनन् भनेर स्याम्पलको रुपमा २४ घण्टा बन्द गरेको भएपनि आफूहरुलाई भारतीय दलालसम्मको आरोप लगाइएको गुनासो उनको छ । 

पराजुलीले कूल विदेशी च्यानलमध्ये ८५ प्रतिशत अमेरिकन च्यानल रहेको भन्दै क्लीन फिड लागू भयो भने ती च्यानलहरु नेपालमा नचल्ने स्पष्ट जानकारी दिइसकेको बताए । उनले यदि कुनै च्यानलले क्लिन फिड स्वीकारेर यता प्रकाशित गर्न स्वीकृति दिएको खण्डमा त्यो च्यानलले विज्ञापन दिएको बेलामा यता खाली हुने पनि पराजुलीले बताए । 

क्लिन फिडमा विज्ञापनमात्रै काटिने भन्दै सरकारले प्रस्ताव गरेको विधेयक अनुसार विदेशी विज्ञापन काटिएको ठाउँमा स्वदेशी विज्ञापन पनि बजाउन नपाईने उनले स्पष्ट पारे । त्यसरी काटिएको विज्ञापनको ठाउँमा नेपाली विज्ञापन  बजाउन पाउने व्यवस्थालाई सिट क्लिन भन्ने भन्दै त्यो व्यवस्था गर्न ५ गुणासम्म महंगो हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ