arrow

राजालाई स्वर्गमा चाहिएला भनेर रानी, मन्त्री, सेवकलाई यसरी जीउँदै गाडिन्थ्यो

संसारका कहाँ कहाँ गरिदै आइएको छ अतृप्त आत्मा मनाउने काम ?

logo
अध्यात्म ८,
प्रकाशित २०७६ असार १२ बिहिबार
tut-tomb-interior.jpg

काठमाडौं । संसारका सबै चीजहरुको नाश हुन्छ तर आत्माको नाश हुदैन । जब आत्मा आत्माबाट तृप्त हुन्छ तब फेरी संसारका कुनै चीजको आवश्यकता हुदैन तृप्त हुनको लागि । तर जो आत्मालाई आत्माबाट तृप्ती मिल्दैन उसको आत्मा अतृप्त  बनिरहन्छ। त्यसको गति हुदैन र त्यो प्रेत बनेर भड्की रहन्छ ।

यसकारण तपाईले देख्नुभएको होला हरेक धर्म, हरेक देशमा जब व्यक्तिको मृत्यु हुन्छ उसलाई सन्तुष्ट गर्नको लागि त्यसको तृप्तीको लागि समाज केहि न केहि उपाय गरिरहेको पाइन्छ। जस्तै भारत तथा नेपालमा ब्राम्हणलाई चारपाई दान गरिन्छ किनभने स्वर्गमा त्यो आत्मालाई चारपाईको आवश्यकता हुनेछ ।

जिन्दगी भर गीता नदेखेको भएपनि मरेपछि गीता दान अवश्य गर्नेछन् सायद उसले स्वर्गमा गीता पढ्नेछ। तर यस्तो देख्दा अचम्म पनि लाग्छ । अरे धर्तीमा जीउँदो हुँदा पढेन अब स्वर्गमा कसरी पढ्छ ? तर उनिहरुको यस्तो धारणा छ। विभिन्न उपभोग्य चीजको दान गरिन्छ। यहाँसम्म कि पैसासम्म दान गरिन्छ। थाहा छैन स्वर्गमा कुनै मुद्रा चल्छ कि चल्दैन। तब यी सबै चीज ब्राह्मणको यसकारण दानमा दिइन्छ कि सायद स्वर्गमा त्यस आत्माले प्राप्त गरोस। किन ? किनभने उनिहरुले भड्किएको अतृप्त आत्माहरुलाई सन्तुष्ट गर्ने प्रयास गरेका हुन्। उनीहरूले आत्मालाई तृप्त गर्ने उपाय गर्छन् । हामी यो मान्छौ कि हामीले गरेको दान दिवंगत आत्माले स्वर्गमा प्राप्त गर्नेछन्।

यो मान्यता भारतबर्षमा मात्र नभइ विश्वभरका अन्य मुलुकमा पनि प्रचलित छ । मिश्रको पिरामिडमा जब त्यहाँको राजाको मृत्यु हुन्थ्यो केवल राजालाई मात्र गाडिदैनथ्यो। राजालाई साथमा रानी, मन्त्री, सेवकहरुको आवश्यकता पर्न सक्छ भनेर मरेका राजासँगै रानीहरू, मन्त्रीहरु र सेवकहरुलाई पनि जिउदै राजासँगै गाडिन्थ्यो । यो सोचेर कि राजालाई कुनै पनि समय उनिहरुको आवश्यकता पर्न सक्छ। उनीहरुलाई गाडिएका ठाउँभित्र खाने, पिउने सबै चीजहरु राखिन्थ्यो ।

चीनमा उत्खनन गर्दा त्यहाँका राजासँगै माटोका पुत्लाको पुरै सेना गाडिएको फेला पर्यो । यसै प्रकार हरेक मुलुकमा मृत आत्माका साथ उसका जरुरतको चिजहरु गाडिएको पाइन्छ ।

मध्य पूर्वी देशमा चिहान भित्र किताब, धार्मिक पुस्तक तथा अन्य धेरै चीजहरु गाडिएको पाइन्छ । हर देशमा यस प्रकारको परम्परा रहेको छ । यहाँसम्मकी हंगकंगमा यदि व्यक्ति मरे उसको साथ नक्कली नोट जलाउछन् ताकि स्वर्गमा उसलाई रुपैयाँको कमि नपरोस। कागजको कार जलाइन्छ, कागजको घर जलाउछन् सायद कार तथा घरको आवश्यकता नहोस भनेर ।  

भन्नुको अर्थ हामी यस प्रकार अनेकौं वस्तुहरुको दान गर्छौ त्यस दिवंगत आत्माको इच्छा तृप्त गर्नको लागि। अनेकौ उपाय गर्छौ कि त्यो आत्मा भूत प्रेत बनेर नभट्कियोस भनेर ।

सन्तहरु भन्छन् , ' मानिस जुन चितामा जलेर खरानी हुन्छ, यो शरीर जब अग्निमा प्रज्वलित हुन्छ, हड्डिहरु जलेर खरानी हुन्छ, छाला खरानी हुन्छ, केहि पनि साथमा जानेछैन । वास्तवमा हाम्रो आत्माको जुन साधना छ, त्यो प्रभुको त्यस सत्य नामको कमाइ हो त्यही हाम्रो साथ जानेछ बाकि सबै यहि पृथ्वीमा रहनेछ ।'

जब अकस्मात कसैको मृत्यु हुन्छ र जसले आफ्नो भोगलाई पूर्ण भोग्न पाएको हुदैन उसको स्मृति उसको यादगार बनि रहन्छ। र उ दोस्रो जन्ममा प्रविष्ट भएर आफ्नो पुर्वजन्मको केहि भोग स्मृतिको रुपमा भोग्छ। जसलाई मनोवैज्ञानिक भोग भनिन्छ र त्यो भोगलाई भोगेपछि जब उसको भोग समाप्त हुन्छ तब उ ठूलो भएर विस्तारै त्यसलाई विर्सदै जान्छ। जब सो आत्माले स्मृतिलाई साथमा लिएर जान्छ तब अघिल्लो जन्मको कुरा सबै याद आउछ ।

भगवान श्रीकृष्ण भन्नुहुन्छ-
    
नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो, न शोषयति मारुतः ॥      

त्यो शक्तिलाई न अस्त्र शस्त्रले काट्न सक्छ ।  न त्यसलाई आगोले जलाउन सक्छ । न त्यसलाई हावाले सुकाउन सक्छ न पानीले नै त्यसलाई गलाउन सक्छ । यो आत्मा सनातन हो । यस्तो एक अजर अमर र अविनाशी आत्मशक्ति हामी भित्र छ । जुन शरीर समाप्त भएपनि समाप्त हुदैन ।

यो पनि पढ्नुहोस ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ