arrow

समुन्द्रमा डुबेर मरेका सेठ जब १५ बर्षपछि फर्किए

भक्तीमा छ मुक्ती

logo
अध्यात्म ३,
प्रकाशित २०७६ असार १ आइतबार
soul.jpg

काठमाडौं ।  आत्माको अस्तित्वसँग जोडिएको एक वास्तविक घटना यस्तो छ । कुनै परिवारमा एक छोराको जन्म भयो ।  जो बढ्दै जादा भन्न थाल्यो, 'आमा तपाईको घर त सानो छ । मेरो घर त यो भन्दा ठुलो थियो । तपाईसँग त मोटर गाडि पनि छैन । मसँग त चार गाडी थिए ।'

यस प्रकार उसले आमालाई सधै भन्ने गर्थे, 'तिमि मलाई जुन यो खाना खान दिन्छ्यौ यो त केहि पनि हैन म त निकै राम्रो खाना खान्थे । मेरा दुई श्रीमती थिए ।' यती सानो उमेरमै उनलाई यी सबै कुराको ज्ञान थियो । उनले श्रीमती र घर के हो बुझेका थिए ।

जब उनि अझ ठुलो हुदै गए तब उनले भन्न थाले  कि उनि सम्पन्न शहरको फलाना रोडमा बस्थ्यो र त्यहाँ उसको ठुलो कारोबार थियो । यो सुनेर उसको आमा बुवाले केहि मानिसहरुलाई बुझ्न पठाए कि यस्तो कुनै ठाँउ छ । जब खोज्न पठाएकाले थाहा पाए कि त्यस्तो सडक छ । सडकको छेउमा एक ठूलो बंगला छ जसमा एक सेठ थिए । उनको चार पाँच गाडी थिए । दुई श्रीमती थिए । केटाले भने,'दस पन्ध्र बर्ष अघि जब म समुन्द्रमा नुहाउन गएको थिए तब पानीको छालको कारण मेरो मृत्यु भयो ।'

अब हेर्नुहोस बच्चालाई यसको ज्ञान कसरी भयो जब त्यो घटना १०-१५ बर्ष पहिले घटेको थियो । यस्ता एक नभइ अनेकौ घटनाहरु घटेका छन् जसलाई वैज्ञानिकहरु सामु राखियो। सा-साना बच्चाहरु जब आफ्नो पुनर्जन्मको कुरा गर्छन् आफ्नो  अघिल्लो जन्मको घटनाहरुको कुरा गर्छन् तब वैज्ञानिकहरुले पनि मान्नु पर्यो कि आत्माको अस्तित्व छ ।

अब यो विचार गर्नुपर्ने कुरा छ कि सेठ जब अघिल्लो जन्ममा थिए उनको शरीरलाई चितामा राखेर जलाए होला उनको दाहसंस्कार गरिएको होला। जब उनको शरीर जलेर खरानी भयो तब त्यो खरानीलाई पानीले पखालियो त्यो पानीमा घुलमिल भयो। फेरी पनि एक यस्तो चीज रह्यो जसकारण सेठको स्मृति यादलाई कायम राख्यो र बच्चा भित्र प्रकट भएर त्यो स्मृति बोल्न थाल्यो कि यस्तो सेठ थिए । तब वैज्ञानिकहरुलाई मान्नु पर्‍यो कि एक यस्तो शक्ति छ जसलाई आगोले पनि समाप्त गर्न सक्दैन र पानीले पनि घोल्न सक्दैन ।  त्यस शक्तिको व्याख्या गर्दै भगवान श्रीकृष्ण भन्नुहुन्छ ।
    
नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो, न शोषयति मारुतः ॥    
 

त्यो शक्तिलाई न अस्त्र शस्त्रले काट्न सक्छ ।  न त्यसलाई आगोले जलाउन सक्छ । न त्यसलाई हावाले सुकाउन सक्छ न पानीले नै त्यसलाई गलाउन सक्छ । यो आत्मा सनातन हो । यस्तो एक अजर अमर र अविनाशी आत्मशक्ति हामी भित्र छ । जुन शरीर समाप्त भएपनि समाप्त हुदैन । जब सो आत्माले स्मृतिलाई साथमा लिएर जान्छ तब अघिल्लो जन्मको कुरा सबै याद आउछ ।

पुनर्जन्मको स्मृति बनिरहनुको पछाडि धेरै कारण छन् । जब अकस्मात कसैको मृत्यु हुन्छ र जसले आफ्नो भोगलाई पूर्ण भोग्न पाएको हुदैन उसको स्मृति उसको यादगार बनि रहन्छ। र उ दोस्रो जन्ममा प्रविष्ट भएर आफ्नो पुर्वजन्मको केहि भोग स्मृतिको रुपमा भोग्छ। जसलाई मनोवैज्ञानिक भोग भनिन्छ र त्यो भोगलाई भोगेपछि जब उसको  भोग समाप्त हुन्छ तब उ ठुलो भएर विस्तारै त्यसलाई विर्सदै जान्छ ।

यदि पुनर्जन्मको कुरा नबिर्सिए मनुष्य संसारमा जीवित रहन सक्दैन । यदि तपाईलाई सबै अघिल्लो जन्मको कुराको ज्ञान रहे तपाईलाई बाच्न मुस्किल हुनेछ । तब तपाई छिमेकीमा हेरेर भन्नु हुनेछ त्यो जन्ममा जब म कुकुर बनेको थिए तब मलाई यसले ढुंगाले हानेर खेदाउथ्यो । अझ अगाडि हेरेर त्यस जन्ममा जब म गाई बनेको थिए तब लठ्ठिले हानेर यसले मलाई कुट्थ्यो । फेरी पछाडि हेरे, ए यो पनि बसेको छ । जुन जन्ममा म गोरु बनेको थिए यसले मेरो छाला सियोले रोपेर प्वाल बनाउथ्यो ।

यस्तो स्मृति रहि रहे के हुनेछ ? कसैसँग पनि तपाईको प्रेममय सम्बन्ध रहने छैन ।  जब तपाई दायाँ बायाँ हेर्नुहुन्छ र ती व्यक्तिहरुलाई हेर्नेहुनेछ जसले तपाईलाई पिडित गरेका थिए तब यस संसार भित्र तपाईलाई असैह्य हुनेछ तपाईको मानसिक संतुलन बिग्रनेछ । यसकारण पूर्वजन्मको स्मृति समाप्त गर्नको लागि भगवानले तपाईलाई एक नयाँ मौका दिनुभयो। कि जे कुरा बिते त्यसलाई भुल र तिमिलाई नयाँ जीवन मिलेको छ यसलाई सम्हाल । यस जीवनमा यदि तिमिले भगवानको भक्ति गरे मुक्त हुनेछौ ।



नयाँ