arrow

भारतको सबैभन्दा फराकिलो जित

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
india10.jpg

काठमाडौं । भारतले इंगल्याण्डमा जारी विश्वकप क्रिकेटमा सबैभन्दा फराकिलो अन्तरको जित आफ्नो नाममा लेखाएको छ । भारतले वेष्ट इन्डिजलाई १२५ रनले पराजित गर्दै रेकर्ड राखेको हो । 

म्यान्चेस्टरमा भएको खेलमा २६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वेष्ट इन्डिजले ३४.२ ओभरमा अलआउट हुँदै १४३ रन मात्र बनाएपछि भारतले रेकर्ड राखेको हो । 

सुनिल एम्ब्रिसले ३१ र निकोलस पुरनले २८ रन बनाएको खेलमा मोहम्मद शामीले ६.२ ओभरमा १६ रन दिएर ४ विकेट लिए । जसप्रित बुमराह र युजभेन्द्र चाहालले २–२ लिए । 

यसअघि भारतले विराट कोहली र महेन्द्र सिंह धोनीको अर्धसतकको मद्धतले ७ विकेटको नोक्सानीमा २६८ रन बनाएको थियो । कोहलीले ७२ र धोनीले नटआउट ५६ रन बनाएका थिए । 

केमार रोचले ३ तथा जासन होल्डर र शेल्डन कट्रेलले २–२ विकेट लिए । 

आफूले खेलेका ६ खेलमा भारतले ५ खेल जितेको छ भने एक खेल रद्द भएको थियो । 

भारतले खेलेका खेलहरु–
पहिलो खेलमा दक्षिण अफ्रिकामाथि ६ विकेटको जित ।
दोस्रो खेलमा अष्ट्रेलियामाथि ३६ रनको जित । 
तेस्रो खेल न्यूजिल्याण्डविरुद्ध वर्षाले अवरुद्ध हुँदा अंक बराबरी । 
चौथो खेलमा पाकिस्तानमाथि ८९ रनको जित । (डकवर्थ लेविस नियम अनुसार) 
पाँचौं खेलमा अफगानिस्तानमाथि ११ रनको जित । 
र, छैटौं खेलमा वेष्ट इन्डिजमाथि १२५ रनको जित । 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ