arrow

विश्वकपबाट बाहिरिने वेष्ट इन्डिज तेस्रो टिम

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
west-indies.jpg

काठमाडौं । वेष्ट इन्डिज इंगल्याण्डमा जारी विश्वकप क्रिकेटबाट बाहिरिने तेस्रो टिम बनेको छ । 

बिहीबार रातिको खेलमा भारतसंग १२५ रनले पराजित भएपछि वेष्ट इन्डिज विश्वकपबाट बाहिरिने तेस्रो टिम बनेको हो । 

यसअघि अफगानिस्तान र दक्षिण अफ्रिका बाहिरिएका थिए । ७ खेलबाट अंकविहीन अफगानिस्तान र ७ खेलबाट ३ अंकको दक्षिण अफ्रिका बाहिरिँदा ७ खेलबाट ३ अंक नै बटुलेको वेष्ट इन्डिज पनि बाहिरिएको हो । 

दुई खेल खेल्न बाँकी छँदै तीन वटै टिम सेमिफाइनल प्रवेशको होडबाट बाहिरिएका हुन् । वेष्ट इन्डिजको हारसंगै सेमिफाइनल समीकरण पनि बन्दै गएको छ । 

कसरी हार्यो भारतसंग ? 
म्यान्चेस्टरमा भएको खेलमा २६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वेष्ट इन्डिजले ३४.२ ओभरमा अलआउट हुँदै १४३ रन मात्र बनायो । 

सुनिल एम्ब्रिसले ३१ र निकोलस पुरनले २८ रन बनाए । मोहम्मद शामीले ६.२ ओभरमा १६ रन दिएर ४ विकेट लिए । 

जसप्रित बुमराह र युजभेन्द्र चाहालले २–२ लिए । 

यसअघि भारतले विराट कोहली र महेन्द्र सिंह धोनीको अर्धसतकको मद्धतले ७ विकेटको नोक्सानीमा २६८ रन बनाएको थियो । कोहलीले ७२ र धोनीले नटआउट ५६ रन बनाएका थिए । 

केमार रोचले ३ तथा जासन होल्डर र शेल्डन कट्रेलले २–२ विकेट लिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ