arrow

इंगल्याण्ड महिला विश्वकप फुटबलको सेमिफाइनलमा

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
england-women-football.jpg

काठमाडौं । इंगल्याण्ड फ्रान्समा जारी महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा नर्वेलाई ३–० गोल अन्तरले पराजित गर्दै इंगल्याण्ड सेमिफाइनलमा पुगेको हो । खेलको तेस्रो मिनेटमै जिल स्काउटको गोलबाट इंगल्याण्डले अग्रता बनाएको थियो । ४० औं मिनेटमा एलेन ह्वाईटले अग्रता दोब्बर पारिन् । 

त्यसैगरी ५७ औं मिनेटमा लुसी ब्रोन्जले गोल गर्दै ३–० ले जिताइन् । निकिता पारिसले प्रहार गरेको पेनाल्टीलाई भने नर्वेकी गोलकिपर इन्ग्रिड जेल्मसेथले बचाउ गरेकी थिइन् । इंगल्याण्डले अब फ्रान्स र अमेरिका बीचको विजेतासंग सेमिफाइनलमा खेल्नेछ ।

फ्रान्स र अमेरिका शुक्रबार राति १२ः४५ बजे खेल्नेछन् । बाँकी दुई क्वार्टरफाइनल शनिबार राति हुनेछन् । इटालीले नेदरल्याण्डसंग बेलुकी ६ः४५ बजे र जर्मनीले स्वीडेनसंग राति २२ः१५ बजेदेखि खेल्न थाल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ