arrow

श्रीलंका र दक्षिण अफ्रिका भिडन्त, इतिहास बलियो कि श्रीलंका ?

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटको ३५ औं खेलमा शुक्रबार श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन् । 

दिउँसो ३ः१५ बजे चेस्टर–ले–स्ट्रिटमा हुने खेलमा श्रीलंका जितका लागि र दक्षिण अफ्रिका प्रतिष्ठा बचाउन खेल्दैछ । 

अर्थात् श्रीलंका सेमिफाइनलको होडका लागि जित्न खेल्दैछ भने सेमिफाइनल होडबाट बाहिरिइसकेको दक्षिण अफ्रिका गुमेको प्रतिष्ठा बचाउन खोज्दैछ । 

६ खेलबाट ६ अंकको श्रीलंका यो खेल जित्नासाथ सातौं स्थानबाट एकैपटक पाँचौं स्थानमा पुग्नेछ । अनि श्रीलंकाले चौथो स्थानको इंगल्याण्डसंग अंक बराबरी गर्नेछ । 

यो खेल जित्दा श्रीलंकाको सेमिफाइनल सम्भावना बलियो हुनेछ । तर हारले भने सम्भावना कमजोर हुनेछ ।

 

के भन्छ इतिहास ? 
इतिहास श्रीलंकाको पक्षमा छैन । श्रीलंकाले इंगल्याण्डको भूमिमा दक्षिण अफ्रिकालाई सन् १९९८ पछि हराउनै सकेको छैन । 

इतिहासकै कुरा गर्दा श्रीलंकाले सन् १९९२ मा दक्षिण अफ्रिकालाई विश्वकपमा हराएपछि अहिलेसम्म हराउन सकेको छैन । 

त्यसपछि सन् १९९९ मा ८९ रन, सन् २००७ मा श्रीलंकाले १ विकेटले र सन् २०१५ मा ९ विकेटले हारेको थियो । २००३ को एक खेल बराबरी भएको थियो ।

एक दिवसीयमा पनि दक्षिण अफ्रिका हावी छ । ७६ खेल आपसमा भएकामा ४३ खेल दक्षिण अफ्रिकाले जितेको छ । ३१ खेल दक्षिण अफ्रिकाले जित्दा १ बराबरी र एकमा नतिजा निस्केको थिएन । 

विश्वकपमा खेलिएका ५ खेलमा दक्षिण अफ्रिकाले ३, श्रीलंकाले १ र १ खेल नजिताबिहीन भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ