arrow

नेयमारद्वारा बार्सिलोना आउन इच्छा प्रकट

logo
एएफपी,
प्रकाशित २०७६ असार १३ शुक्रबार
nemar.jpg

बार्सिलोना। ब्राजिलियाली अग्रपङ्तीका खेलाडी (स्ट्राइकर) नेयमार दा सिल्भा सान्तोस जुनियरले पेरिस सेन्ट जर्मन क्लबबाट पुनः बार्सिलोना फर्कन चाहेको बार्सिलोना फुटबल क्लबका उपाध्यक्षले बिहीबार बताएका छन्।

करिब दुई बर्ष पहिले २५ करोड २० लाख अमेरिकी डलर पाउने भएपछि बार्सिलोना क्लबबाट बाहिरिएका नेयमारले फर्किन चाहेको कुरा विभिन्न सञ्चारमाध्यममार्फत आएको बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डनरले बताएका हुन्।

ब्राजिलियाली घरेलु टोलीमा निकै ख्याति कमाएका नेयमारलाई पेरिस सेन्टमा रहँदा आर्थिकरूपमा त निकै फाइदा भएको छ तर उक्त क्लबबाट सोचेअनुसार प्रसिद्धि भने नआएकोले उनले बार्सिलोनामा आउने इच्छा व्यक्त गरेको भन्ने सुनिएको छ। नेयमार पूरानो क्लबमा फर्कन चाहेमा र क्लबले ल्याउने निर्णय गरे पनि उनले अहिले पाइराखेको पारिश्रमिकमा भने फिर्ता ल्याउन नसकिने क्लबका अधिकारीले बताएका छन्।

क्याम्प नोउमा पत्रकार सम्मेलनमा बोल्दै कार्डनरले भने, “हालै मैले समाचारमा पढे अनुसार र विभिन्न माध्यमबाट जानकारी पाए अनुसार नेयमार ले बार्सिलोनामा फर्किन चाहेको भन्ने सुनिएको छ। तर सही के हो मलाई थाहा छैन।”

उनले थपे, बार्सिलोनाले अहिलेसम्म नेयमारसँग सम्पर्क गरिसकेको छैन। तर आवश्यक प्रक्रिया पुरा गरेर फर्किन चाहेमा बार्सिलोनाले उनलाई उचितस्थान दिन सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ