arrow

जी २० का लागि राष्ट्रपतिको सुरक्षामा उड्दै गरेको जहाजमा छापा, भेटियो ३९ किलो कोकिन

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
brajil-present.jpg

टोकियो। ब्राजीलका राष्ट्रपति जैर बोल्सोनारो ड्रग्स विरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता गरेर सत्तामा आएका हुन्। तर अहिले उनले सबैभन्दा पहिले आफ्नै सवारीका सदस्यहरुबाट यसको सुरुवात गर्नुपर्ने भएको छ। 

राष्ट्रपति जैरको सवारीका एक अधिकारीलाई सवारीकै बेलामा रोकेर छानविन गर्दा ३९ किलोको कोकिन भेटिएको छ। यो विमान जी-२० समिटको लागि जापान जाँदै थियो।ब्राजील राष्ट्रपतिको सुरक्षामा तैनाथ वायु सेनाका अधिकारीलाई स्पेनका प्रहरीले स्टपओवरको क्रममा हिरासतमा लिएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। 

गार्डिया सिविलका प्रवक्ताले भने, 'अधिकारीको हेण्डब्यागमा कोकीन बरामद गरिएको छ। जसको वजन ३९ किलो छ। ड्रग तस्करीको शंकामा उनलाई गिरफ्तार गरिएको हो। ती प्रहरीले पक्राउपरेका ती अधिकारी हेडक्वार्टरमा प्रहरीको हिरासतमा रहेको र उनलाई न्यायाधिस समक्ष पेश गरिने बताएका छन्। 

ब्राजीलियन टिभी नेटवर्क रेकर्ड टिभीका अनुसार ३८ वर्षीय आरोपितको पहिचान सर्जेन्ट सिल्वा रोड्रिग्सको रुपमा भएको थियो। बोल्सोनारोको यात्रा भन्दा ठीक पहिले उडान भर्नेवाला यस प्लेनमा सैन्य दस्ता रहेका थिए। जसले टोकियोमा समिटको दौरान राष्ट्रपतिको सुरक्षाको जिम्मेवारी पाएको थियो। 

बोल्सोनारोले मंगलवार यस गिरफ्तारीको पुष्टि गर्दै भने, देशका रक्षा मन्त्रीद्वारा उनलाई यसको सूचना प्राप्त भएको हो। उनले भने, मैले रक्षामन्त्रीलाई तुरुन्त स्पेनिस पुलिसको साथ जाँचमा सहयोग गर्नको लागि भनेको छु।ब्राजीलियन राष्ट्रपतिले भने, हाम्रो सेनामा करिब ३ लाख पुरुष र महिलाहरु रहेका छन्। जसले उच्च आदर्श र नैतिकता सिकाइएको छ। जोसँग यस्तो भेटिएको छ। उसलाई कानून अनुसार कारबाही गरियोस्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ