arrow

झडप होइन, हामीमाथि सांघातिक आक्रमण भएको हो : शुभराम बस्नेत

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
shuvram-basnet.jpg.jpeg
काठमाडौं ।  काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा गएको वुधबार भएको सांघातिक आक्रमणबाट घाइते भएका क्याम्पस स्ववियु सभापति शुभराम बस्नेतले आफुहरुको कमिटीभित्र समूहगत कुनै विवाद नरहेको बताएका छन् । क्यापिटल हस्पिटलमा उपचार गराइरहेका बस्नेतले कमिटी गठनबारे विवादले दुई पक्षबीच झडप भएको नभई आफुमाथि सांघातिक आक्रमण भएको बताए ।
 
बस्नेतले भने, ‘हामीबीच कुनै समूह उप–समूह छैन, कैलाश थापा मैले नै प्रोडक्ट गरेको विद्यार्थी नेता हो ।’ त्यतिकै कमिटी विस्तार कसरी हुन्छ, बस्नेतले थपे, ‘यसको विधि प्रक्रिया हुन्छ, इकाई फर्मेसन भएको २ महिना वितेको छैन, अधिवेशन भएको १ वर्ष समेत भएको छैन ।’ विद्यार्थीको भेला नबोलाई कमिटी विस्तारको प्रक्रिया अघि बढ्न सक्दैन । 
 
नेपाल विद्यार्थी संघका अर्का नेता हरिश भण्डारीले समेत आफुहरुमाथि सांघातिक आक्रमण भएको बताए । उनले भने, ‘सधैं जस्तो सामान्य रुपमा कलेज छिर्नेवित्तिकै हामीमाथि एकै पटक आक्रमण भएको हो, झडप भएको होइन, झडप भएको भए हामीले पनि प्रतिकार गर्ने ठाउँ रहन्छ ।’ आक्रमण गर्नेको हुल नै थियो । आफु समेत घाइते भएको बताएका भण्डारीले ५ जना साथीहरु घाइते भएका जानकारी दिए । दुई जनालाई बढी चोट लागेको छ । एक जनाको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ । 
 
भण्डारीले भनेका छन्, ‘बाहिरबाट लुटेराहरु ल्याएर जम्मा गरी इट्टा, रड र खुकुरी प्रहार भएको छ , यसलाई झडप कसरी भन्ने, नियोजित रुपमा सांघातिक आक्रमण भएको हो ।’ कमिटी विस्तारको विषयको कुरा के हो ? जवाफमा उनले भने, ‘कमिटी विस्तारको कुरा भएकै छैन, कलेजमा त्यस विषयमा छलफल हुन पर्छ, कमिटीको भेला डाक्नु पर्छ, यसको विधि र प्रक्रिया छ ।’ त्यतिकै हचुवाका भरमा कमिटी विस्तार हुँदैन । यद्यपि, नयाँ इकाई समिति गठनका लागि आफुहरु क्याम्पसमा जाँदा स्ववियू सभापति बस्नेतले सुरुमा प्रहार गरेको कैलाश थापाले बताएका छन् । 



नयाँ