arrow

'लभ गरेर १५ दिनमा बिहे गर्न जोडी खौज्दैछौ' : अनिल केशरी

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
anil-kesary.jpg

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले गभर्नर चिरञ्जीवी नेपालको निर्देशनप्रति ब्यङ्ग्य गर्दै आफूहरु १५ दिनमा लभ गरेर बिहे गर्न जोडी खोज्दै हिडेको बताएका छन् । वित्तीय संस्था कर्मचारी संघले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाहले आफूहरु राज्यले दिएको जस्तासुकै निर्देशन पनि पूरा गर्न तयार रहेको भएपनि सामाजिक सुरक्षा योजनामा केही नमिल्दा कुराहरु समेत रहेको बताए।  

योगदानमा आधारित सामाजिक सुरक्षाको विषयमा बोल्दै सिइओ शाहले अहिलेको व्यवस्थामा केही अस्पष्ट विषयहरु उल्लेख भएकोले यसले लामो समय संस्थामा काम गरेकाहरुलाई जागिर छाडेपछि सरकारसँग पेन्सन लिनको लागि लाखौं जनामा लाईन बस्नुपर्ने झण्झटतर्फ चिन्ता व्यक्त गरे । यो विषय गम्भीर रहेको भन्दै यसको कार्यान्वयनमा धेरै हतार गर्न नहुने तर्क उनको छ । सरकारले ल्याएको सामाजिक सुरक्षा योजना नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो र अत्यावश्यक योजना रहेको भन्दै उनले अहिले पाइरहेको सेवा सुविधा र जम्मा भएको रकम सामाजिक सुरक्षामा लैजाँदा केही जटिलताहरु रहेको बताए । 

लाइसेन्स लिनको लागि फारम भर्नेको लाइनलाई स्मरण गर्दै शाहले ३० वर्षसम्म आफ्नो संस्थाको लागि काम गरेको कुनैपनि कामदारलाई बुढेसकालमा पेन्सन लिनको लागि २ लाख मानिससँग लाइन बस्न पठाउनु पर्ने व्यवस्था राम्रो नभएको बताए । सोही प्रसंगमा उनले साउन १ गतेदेखि सामाजिक सुरक्षा योजनामा सहभागि हुनै पर्ने भनेर एक साता अघि सरकारले पत्र लेखेको खण्डमा बैंकहरु त्यसमा सहभागि हुन बाध्य हुने भन्दै त्यतिबेला आन्दोलनमा नउत्रिन कर्मचारीहरुलाई उनले सुझाव दिएका छन् । 

अहिलेसम्म बैंकहरुले नेपाल सरकार र राष्ट्र बैंक लगायतका कुनैपनि सरकारी निकायको निर्देशन पालना नगरेको इतिहास नभएको भन्दै यो विषयमा पनि सरकारले भनेको खण्डमा आफूहरु सामाजिक सुरक्षा योजनामा सहभागि हुनै पर्ने स्पष्ट पारेका हुन् । अहिले बैंकका कर्मचारीहरुले खाईपाई आएको सुविधा भन्दा सामाजिक सुरक्षा योजना लागू भएपछिको सुविधा कम हुने गर्दछ । जसका कारण बैंकका कर्मचारीहरु यसको विरोधमा छन् ।

उनले यही प्रसंगमा आफूहरु सरकारको सबै निर्देशन मान्न तयार रहेकोले नै गभर्नरले ७ दिनमा लभ गर्न र १५ दिनमा बिहे गर्न दिएको निर्देशन पूरा गर्नको लागि जोडि खोज्दै हिँडेको बताए । केही दिन अघि गभर्नर चिरञ्जीवी नेपालले फोर्स मर्जर सम्बन्धी विषयमा ७ दिनमा लभ गरेर १५ दिनमा बिहे गर्ने गरी काम गर्न निर्देशन दिएका थिए । लभको अर्थ मर्जर गर्ने बैंक खोज्ने र १५ दिनमा मर्जरको खाका तयार गर्नुपर्ने संकेत गभर्नरको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ