arrow

सांस्कृतिक उद्योगलाई प्रोत्साहन गर्न चिनियाँ सांसदहरुको माग

logo
सिन्ह्वा,
प्रकाशित २०७६ असार १४ शनिबार
chila-culture-factory.jpg

बेइजिङ। चिनियाँ सांसदहरूले सांस्कृतिक उद्योगहरुको विकास र प्रवद्र्धन गर्न प्रोत्साहन गर्नुपर्ने माग गरेका छन्। सांस्कृतिक उद्योगको प्रवद्र्धन र त्यसबाट हुने उत्पादनमा वृद्धि गर्न उच्च प्राथमिकतामा राख्नु पर्ने उनीहरुको भनाई छ।

नेशनल पिपल्स कङ्ग्रेसको स्थायी समितिको बैठकमा पेस गरिएको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरुले सांस्कृतिक उत्पादनप्रति चिन्ता र चासो व्यक्त गरेका हुन्।

संसारका अरु देशहरुको भन्दा धेरै फरक र कठिन प्रकारका संस्कृतिहरु चीनमा भएको दावी गर्दै तिनीहरूलाई बचाइराख्नु आवश्यक रहेको सांसदहरुले उक्त अवसरमा बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ