arrow

व्यापार वार्ता सही बाटोमा फर्कियो : ट्रम्प 

logo
प्रकाशित २०७६ असार १४ शनिबार
china-us-2019.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापारवार्ता सही दिशामा फर्किएको बताएका छन्। अत्यधिक प्रतीक्षा गरिएको चिनियाँ समकक्षी सि चिफिङसँगको बैठकपछि बोल्दै ट्रम्पले व्यापार वार्ता सही दिशामा फर्किएको र अब के हुन्छ भन्ने कुरा हेर्न बाँकी रहेको बताएका हुन्। दुई नेताको बीचमा शनिबार एक घण्टाभन्दा लामो भेटवार्ता चलेको थियो।

उनले अहिले तत्कालका लागि चिनियाँ सामग्रीमाथि आयातकर बढाउने योजना नल्याइने पनि उनले बताए। तर, अहिले लाग्दै आएको कर भने जारी रहने उनको भनाइ छ। 

शनिवार चिफिङ र ट्रम्पको बीचमा जापानमा भेटवार्ता भएको हो। जी२० सम्मेलनको क्रममा उनीहरुको बीचमा वार्ता भएको हो। ट्रम्पले आगामी दिनमा लगातार चिनियाँ टोलीसँगको वार्ता जारी रहने बताए। यसपटकको जी२० बैठक चिनफिङ, ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको वरीपरी घुमिरहेको देखिन्छ। 

चीनले पनि अमेरिकासँगको वार्तामा आधारभूत कुरा परिवर्तन नभएको र दुवै मुलुकलाई सहयोग पुग्ने किसिमको सहकार्यमा अघि बढ्ने बताएको छ। यसअघि ट्रम्पले चीनसँगको व्यापारवार्तामा महत्वपूर्ण प्रगति भएको बताएका थिए। उनले चीनसँगको सम्बन्ध निकै राम्रो रहेको बताएका थिए। तर, व्यापार सम्झौता गर्ने वा नगर्ने भन्ने कुरा समयले बताउने उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ