arrow

पाकिस्तान शीर्ष चारमा पुग्यो 

logo
प्रकाशित २०७६ असार १५ आइतबार
pakistan-win.jpg

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानमाथि महत्वपूर्ण जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा पाकिस्तानले विश्वकपको कान्छो सदस्य अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको हो ।

जितसंगै पाकिस्तानले शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पाकिस्तानले ८ खेलबाट ९ अंक जोडेको छ । 

अफगानिस्तानले अंक बटुल्न सकेको छैन ।  

यस्तो छ खेलको अवस्था

लिड्समा भएको खेलमा अफगानिस्तानले दिएको २२८ रनको लक्ष्य पाकिस्तानले ४९.४ ओभरमा ७ विकेटको नोक्सानीमा पुरा गर्यो ।

इमाद वासिमले नटआउट रहँदै सर्वाधिक ४९ रन बनाए । यस्तै बाबर आजमले ४५ रन जोड्दा इमाम उल हकले ३६ रन बनाए । मोहम्मद नाबी र मुजिब उर रहमानले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । नाजिबउल्ला जड्रान र अस्घर अफगानले समान ४२–४२ रन बनाए । 

शहिन शाह अफ्रिदीले ४ विकेट तथा वाहब रियाज र इमाद वासिमले समान २–२ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ