arrow

अप्ठेरोमा पर्यो न्युजिल्याण्ड, हार्यो अष्ट्रेलियासंग

बोल्टको ह्याट्रिक खेर गयो, सेमिफाइनल पुग्न अन्तिम खेलबाटै निर्णय

logo
प्रकाशित २०७६ असार १५ आइतबार
newzealand1.jpg

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड अप्ठेरोमा परेको छ । सुरुआतमा लगातार खेल जितेर अपराजित यात्रा अगाडि बढाएको भए पनि न्यूजिल्याण्ड पछिल्लो समय लगातार दुई खेल हार्दा अप्ठेरोमा परेको छ । 

शनिबार रातिको खेलमा न्युजिल्याण्डलाई अष्ट्रेलियाले पराजित गरेको छ । लर्ड्समा भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३.४ ओभरमा अलआउट हुँदै १५७ रनमा रोकिन वाध्य भयो । 

कप्तान केन विलियम्सनले सबैभन्दा धेरै ४० रन बनाए । रोस टेलरले ३० रन बनाए । 

मिचेल स्टार्कले ५ विकेट लिए । उनले ९.४ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९  विकेटको नोक्सानीमा २४३ रन बनाएको थियो ।

उस्मान ख्वाजाले ८८ तथा एलेक्स केरीले ७१ रन बनाए ।

ट्रेन्ड बोल्टले ह्याट्रिक विकेटसहित ४ विकेट लिए । तर यो ह्याट्रिकले खेल जिताएन ।

बोल्ट विश्वकपमा ह्याट्रिक लिने न्युजिल्याण्डका पहिलो खेलाडी समेत बने ।

अंक तालिका 
यो जितसंगै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा यथावत् रहन सफल भएको छ । अष्ट्रेलियाले ८ खेलबाट १४ अंक जोडेको छ । 

न्युजिल्याण्डले ८ खेलबाट ११ अंक जोडेको छ । न्युजिल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

यो खेल जितेको भए न्युजिल्याण्ड एक खेलअघि नै सेमिफाइनलमा पुग्ने थियो । अब अन्तिम खेल नै कुर्नुपर्नेछ न्युजिल्याण्डले सेमिफाइनल पुग्नका लागि । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ