arrow

भारत कि इंगल्याण्ड ? हारले इंगल्याण्ड बाहिरिन सक्छ 

logo
प्रकाशित २०७६ असार १५ आइतबार
india11.jpg

काठमाडौं । इंंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटमा आइतबार ३८ औं खेल हुँदैछ । दिउँसो ३ः१५ देखि बर्मिंघममा हुने खेलले यसपटकको सेमिफाइनल समीकरणलाई प्रभाव पार्न सक्नेछ । 

आयोजक राष्ट्र भएर पनि इंगल्याण्डलाई सेमिफाइनल प्रवेश गर्न निकै कठिन भइरहेको छ । सेमिफाइनल नजिक पुगेको भारत यो जितले दुई खेलअघि नै सेमिफाइनलमा पुग्नेछ । 

भारत जारी प्रतियोगिताको एकमात्र अपराजित टिम हो । भारतले न्यूजिल्याण्डसंग बराबरी गर्नु बाहेक सबै खेल जितेको छ । 

तर इंगल्याण्डले पछिल्ला दुई खेल हारेको छ । उसलाई सेमिफाइनलमा पुग्न नै समस्या भएको छ । यो खेल हार्यो भने इंगल्याण्डको सम्भावना झनै कठिन बन्नेछ । 

अहिलेसम्म ८ खेलबाट १४ अंकको अष्टे«ेलिया सेमिफाइनलमा पुगेको छ । भारत ६ खेलबाट ११ अंकसहित दोस्रो स्थानमा छ । 

त्यस्तै ८ खेलबाट ११ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा छ । पाकिस्तानले पछिल्ला तीन खेल जितेर ९ अंकसहित चौथो स्थानमा आफूलाई उभ्याएको छ । 

७ खेलबाट ८ अंकको इंगल्याण्ड पाँचौं स्थानमा छ । भारतसंग पराजित भए पाकिस्तान लगभग बाहिरिने सम्भावना हुनेछ । 

यता ७ खेलबाट ७ अंकको बंगलादेश छैटौं स्थानमा रहँदै सेमिफाइनल पुग्नका लागि जादूको छडी खोजिरहेको छ । 

बंगलादेशले अब भारत र पाकिस्तानसंग खेल्न बाँकी छ । असम्भव केही नभए पनि सम्भव भने जितका लागि सहज देखिँदैन । 

इंगल्याण्डले यो खेल हार्दा अन्तिम भिडन्त न्यूजिल्याण्डसंग हुनेछ । न्यूजिल्याण्ड सेमिफाइनलका लागि स्थान सुरक्षित गर्न चाहने भएकाले दिलो ज्यान दिएरै खेल्नेछ । त्यसबेला इंगल्याण्डलाई समस्या हुनेछ । 

सेमिफाइनलको सम्भावना जिवितै राख्न इंगल्याण्डलाई जित्नैपर्ने दवाव छ । इंगल्याण्डका जासन राय टिममा फर्केपछि केही मजबूद बन्ने नै छ । उनी ह्यामस्ट्रङ भएका कारण मैदानमा छिर्न सकेका थिएनन् । रायले चार खेलमा २१५ रन बनाएका थिए । उनी फर्केपछि इंगल्याण्ड सशक्त बन्नेछ । 

कार्तिक आउन सक्छन् 
भारतको टिममा चौथो क्रमको ब्याटिङ कसले सम्हाल्ने भन्नेमा समस्या छ । शिखर धवन आउट भएपछि विजय शंकरले मौका पाए पनि चौथो क्रम सम्हाल्न सकेका छैनन् । 

उनले पाएका तीन खेलमा ५८ रन बनाएका छन् । त्यस्तै पाँचौं नम्बरमा आएका केदार जादभले पनि राम्रो खेलेका छैनन् । उनले ५ खेलमा ३४ रन बनाएका छन् । 

अब दिनेश कार्तिकले शंकरलाई विस्थापित गर्ने सम्भावना छ । उनी अलि अनुभवी पनि हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ