arrow

अदुवा कम्पनी प्रकरण : शेयर सदस्यनै कम्पनीप्रति अनविज्ञ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असार १५ आइतबार

स्याङ्जा ।  सरकारी अनुदान रकम हिनामिना भएपछि चर्चामा आएको वालिङ अदुवा तथा कृषि उपज प्रशोधन प्रालिमा शेयर हालेका सदस्यहरु नै अनविज्ञ रहेको पाइएको छ । संस्थापक शेयर सदस्यहरु विच नै विवाद रहेपनि गुपचुपमा रहेको अदुवा कम्पनीको प्रकरण राजधानी दैनिकले फलोअप गर्न थालेपछि कम्पनीमा लगानी गरेका शेयर सदस्यहरु अहिले अनविज्ञ रहेको खुलेको हो ।

९ जना संस्थापक शेयर रहेको कम्पनीमा पत्रिकामा किर्ते सुचना जारी गरेर शेयर निष्काशन र शेयर हाल्ने काम भएको समेत बाहिर आएको छ । कम्पनी दर्ता गर्ने निकाय कम्पनी रजिष्ट्रारको कार्यालयमा सो हर्कत गर्न केही संचालकहरु सक्रिय रहेको बताइएको छ । स्थापनाकालमा कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा अर्जुन खनाल, शिवलाल डुम्रे, सुदन श्रेष्ठ, यामबहादुर गुरुङ्, परविन गुरुङ्, खगेन्द्र अर्याल, टिकाराम तिवारी, बावुराम रेग्मी र नियमन निकाय वालिङ उद्योग वाणिज्य संघको नाममा सो कम्पनी दर्ता भएको देखिन्छ ।

पछि अनुदानको रकमलाई हिनामिना गरेपछि शेयर सदस्यहरु विच विवाद भएको थियो । विवादलाई गुपचुप राखेका कारण केही संचालकहरुले किर्ते सुचना निकालेर ४ जना शेयर सदस्यलाई निष्काशन गरी अन्य ५ जना शेयर सदस्य थप गरेका छन् । निष्काशन गरिएका शेयर सदस्यहरु खगेन्द्र अर्याल, यामबहादुर गुरुङ, टिकाराम तिवारी र बावुराम रेग्मी रहेका छन् भने किर्ते सुचनाको आधारमा चेतनारायण श्रेष्ठ, यज्ञ अधिकारी, खैसरा थापा, दलबहादुर सिंजाली, रामचन्द्र अधिकारी थप गरेका शेयर सदस्यहरु हुन् । थप गरेका शेयर सदस्यहरु अहिले अन्योलमा रहेको देखिन्छ ।

 ३ लाख ५० हजार भन्दा बढी शेयर लगानी गरेका रामचन्द्र अधिकारीले अहिले सम्म अदुवा कम्पनी समेत नदेखेको बताउछन् । साथीहरुले कम्पनीमा शेयर राख्नु पर्‍यो भनेर भन्नुभो अधिकारीले भने,“कम्पनी चल्छ र युवाहरुले रोजगारी पाउछन् भने किन नगर्नु भनेर लगानी गरेको हुँ ।” कम्पनीमा मेरो नाम छ की छैन भन्दै उनले त अन्योलको अवस्था बारे सुनाए । अधिकारीलाई अहिले सम्म अदुवा कम्पनीमा अनियमिता भएर अख्तियारमा उजुरी समेत परेको थाहा नपाएको बताए । राम्रो होला भनेर लगानी गरियो अधिकारीले भने,“अहिले सम्म न शेयरको प्रमाणपत्र पाइएको छ न पैसा दिएको प्रमाण छ ।” अब शेयर फिर्ता होला की नहोला अधिकारीले उल्टै प्रतिप्रश्न गरे ।

अधिकारी मात्रै होइन अर्का शेयर सदस्य दलबहादुर सिंजालीको पनि कम्पनी प्रति अनविज्ञ छन् । सिंजालीले त अहिले सम्म कम्पनीमा शेयर लगानी समेत नगरेको बताए । मलाई पहिला शेयर हाल्न पर्‍यो भन्ने प्रस्ताव आएको थियो सिंजालीले भने,“अहिले सम्म कम्पनीमा लगानी पनि छैन, चासो पनि छैन ।” यस्ता क्रियाकलापमा मलाई खासै इच्छा हुदैन सिंजालीले भने ।

कम्पनी प्रति शेयर सदस्यहरु नै अनविज्ञ हुनुले शंका उव्जन लागेको छ । नियमन निकाय वालिङ उद्योग वाणिज्य संघका पदाधिकारी पनि अदुवा कम्पनी संचालक बन्नु पनि अनियमिता गर्न सजिलो भएको अनुमान कृषि उद्यम केन्द्रको रहेको छ । कम्पनीमा सबै भन्दा बढी जिम्मेवार र अनियमिता गर्नेमा वालिङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पुण्यप्रसाद अर्याल, बरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनाल र कृषि उद्यम केन्द्रका पुर्व केन्द्रिय सदस्य शिवलाल डुम्रे रहेको बुझिएको छ ।

अनुदानको रकमलाई आफ्नो शेयर रकममा परिवर्तन गरी रकम हिनामिना गरेको आरोप असन्तुष्ट शेयर सदस्यहरुले लगाउदै आएका छन् । कृषि मन्त्रालयले पनि लेखा प्राणली नमिलेको भन्दै अख्तियारमा तिनबर्ष अगाडी उजुरी दर्ता गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ